बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
खेलकुद

टी–२० विश्वकप : इङ्गल्यान्डले ओमानलाई हराउँदा बनेका यी दुर्लभ कीर्तिमान

शुक्रबार, ३२ जेठ २०८१, १० : ०६
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको आफ्नो पछिल्लो खेलमा इङ्गल्यान्डले एसियाली प्रतिद्वन्द्वी ओमानमाथि आठ विकेटको जित हासिल गर्यो । पहिले ब्याटिङ गरेको ओमानले १३.२ ओभरमा अलआउट हुनुअघि ४७ रन बनायो ।

जवाफी ब्याटिङमा ओर्लिएको इङ्गल्यान्डले भने ३.१ ओभरमै केवल दुई विकेट गुमाएर ५० रन बनाउँदै कीर्तिमानी जित हासिल गर्यो । जितसँगै इङ्गल्यान्डले सुपर–८ चरणमा पुग्ने सम्भावना पनि कायमै राखेको छ । उक्त खेलमा केही कीर्तिमान पनि बनेका छन् । त्यो खेलका क्रममा बनेका कीर्तिमानको विषयमा यहाँ चर्चा गरिएको छ ।

  • १०१ : ओमानविरुद्धको खेलमा इङ्गल्यान्डले विजय लक्ष्य पुरा गर्दा खेल्न बाँकी रहेको बल सङ्ख्या । टी–२० विश्वकपमा इतिहासमा कुनै पनि टोलीले एक सय एक बल बाँकी रहँदै आफ्नो प्रतिद्वन्द्वीलाई हराएको यो पहिलो पटक हो । यसअघि सन् २०१४ को टी–२० विश्वकपमा श्रीलङ्काले ९० बल बाँकी रहँदै नेदरल्यान्ड्सलाई हराएको थियो । त्यो खेलमा श्रीलङ्काले ४० रनको विजय लक्ष्य पाँच ओभरमै पुरा गरेको थियो ।
  • ४७ : इङ्गल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै ओमानले बनाएको रन । टी–२० विश्वकपको इतिहासमा कुनै पनि टोलीले बनाएको यो चौथो सबैभन्दा कम योगफल हो । यसअघि सन् २०१४ को टी–२० विश्वकपमा श्रीलंकाविरुद्ध नेदरल्यान्ड्सको टोली केवल ३९ रनमा अलआउट भएको थियो । यसैगरी नवौँ विश्वकपमै वेस्ट इन्डिजविरुद्ध युगान्डाको टोली पनि ३९ रनमै अलआउट भएको थियो । सन् २०२१ को टी–२० विश्वकपमा श्रीलंकाविरुद्ध नेदरल्यान्ड्सको टोली केवल ४४ रनमा अलआउट भएको थियो ।
  • १ : ओमानको टोली इङ्ल्यान्डविरुद्धको खेलमा ४७ रनमा अलआउट भयो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ओमानले बनाएको यो नै सबैभन्दा कम योगफल हो । यसअघि सन् २०२२ मा नेपालविरुद्ध ओमानको टोली ७८ रनमा अलआउट भएको थियो ।
  • २ : टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्गल्यान्डविरुद्ध कुनै पनि टोलीले बनाएको यो दोस्रो कम योगफल हो । यसअघि सन् २०१९ मा इङ्गल्यान्डविरुद्ध वेस्ट इन्डिजको टोली ४५ रनमा अलआउट भएको थियो ।
  • १ : टी–२० विश्वकपको इतिहासमा कुनै पनि टोलीका तीनजना बलरले एउटै पालीमा तीन वा सोभन्दा बढी विकेट लिएको यो पहिलो पटक हो । ओमानविरुद्धको खेलमा इङ्गल्यान्डका जोफ्रा आर्चर र मार्क उडले तीन–तीन तथा अदिल रसिदले चार विकेट लिएका थिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने यसअघि १८ पटक यस्तो संयोग जुरिसकेको छ ।
  • ४ : टी–२० विश्वकप क्रिकेटको इतिहासमा केवल तीन बलरले कुनै पनि टोलीको १० वटै विकेट लिएको यो चौथो पटक हो ।  
  • १ : इङ्गल्यान्डका फिल साल्ट टी–२० विश्वकप क्रिकेटको इतिहासमा सुरुको दुई बलमा लगातार छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् ।
  • ९९ : इङ्ल्यान्ड र ओमानबिचको खेलमा केवल ९९ बलमा हार–जितको निर्णय भएको थियो । टी–२० विश्वकपको इतिहासमा यसअघि एकपटक मात्र योभन्दा पनि कम बलमा हार–जितको निर्णय भएको छ । सन् २०१४ को टी–२० विश्वकपमा श्रीलङ्का र नेदरल्यान्ड्सबिचको खेलमा केवल ९३ बलमा हार–जितको निर्णय भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप