प्रहरीका चार जना एसपीहरूको पदस्थापन
बिहीबार, ३१ जेठ २०८१, २२ : १४

काठमाडौँ । नेपाल प्रहरीका ४ जना एसपीहरूको पदस्थापन भएको छ । बढुवा भएका चार जना एसपीहरूलाई पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीलाई विराटनगर स्थित कोशी प्रदेश प्रहरी गणमा पदस्थापन गरिएको छ । नारायण रंजितकारलाई धनुषास्थित मधेस प्रदेश प्रहरी गण, अनन्तराम शर्मालाई गण्डकी प्रदेश प्रहरी गण पोखरा र एकनारायण कोइरालालाई मानव बेचबिखन ब्युरोमा पदस्थापन गरेर नेपाल प्रहरी अस्पतालमा काज सरुवा गरिएको छ ।
उनीहरूलाई जेठ २९ मा गृह सचिव एकनारायण अर्यालले डीएसपीबाट एसपीमा बढुवा नियुक्ति गर्ने निर्णय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताको टाउको होइन, कार्यकर्ताको मन जोड्नुपर्छ
-
काभ्रेमा प्रहरीद्वारा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालन
-
‘जनतालाई समाजवाद बुझाउने गरी कोही पनि हिँड्न सकेनौँ’
-
‘माओवादीको विकल्पमा अन्य पार्टी छैनन्’
-
जति दक्षिणतिर पुगेँ, उति नै विभेद र अभाव पाएँ : प्रचण्ड
-
ब्रन्टको अलराउण्ड प्रदर्शन, दिल्लीलाई उछिन्यो मुम्बईले