बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

शाकिबको अर्धशतक, बंगलादेशद्वारा १ सय ६० रनको लक्ष्य प्रस्तुत

बिहीबार, ३१ जेठ २०८१, २२ : ०८
बिहीबार, ३१ जेठ २०८१

किंग्सटाउन । टी–२० विश्वकपमा समूह डी अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्यान्ड्ससामु १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५९ रन बनाएको हो ।

टोलीका लागि शाकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । उनले ४६ बलमा नटआउट रहँदै ६४ रन जोडे । यस क्रममा उनले ९ चौका प्रहार गरे ।

ओपनर तान्जिद हसनले २६ बलमा ३५ रनको योगदान दिए । उनले ५ चौका र १ छक्का प्रहार गरे । 

त्यस्तै, मोहम्दुल्लाहले २१ बलमा २५ रन जोडे । यस क्रममा उनले २ चौका र २ छक्का प्रहार गरे । जाकेर अलीले ७ बलमा ३ चौका प्रहार गर्दै १४ रन बनाए ।

382763

नेदरल्यान्ड्सका लागि आर्यन दत्त र पाउल भान मेकरेनले २–२ विकेट हात पारे । मेकरेनले ४ ओभरमा मात्र १५ रन खर्चिए भने दत्तले ४ ओभर बलिङ गर्दै १७ रन दिएका थिए ।

दुवै टोलीको यो तेस्रो खेल हो । यसअघिका १–१ खेल जित्दै दुई टोलीले २–२ अङ्क बटुलेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप