मधेस प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशसभामा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभाको आज बसेको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रदेशसभाका सदस्यहरुले राखेको सुझाव बजेटमा समेट्ने प्रतिबद्धता गरे ।
उनले मधेस प्रदेश सरकारले बोलेर होइन काम गरेर देखाउने हुँदा काम गर्ने वातावरण बनाउनका लागि सहयोग गर्न आग्रह गरे । यसअघि नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले राखेको संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।
मुख्यमन्त्री सिंहले पारित गर्नका लागि प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रमलाई उपसभामुख बबिताकुमारी राउतले निर्णायार्थ पेश गरेकी थिइन् । उक्त प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मतिले पारित गरिएको हो ।
गत मङ्गलवार मधेस प्रदेशसभामा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् र
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभकी नातिनी फेरि पुगिन् अदालत
-
बेलायती राजकुमार पनि आइपुगे नेपाल, तस्बिरहरू
-
सहारा सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता
-
प्रहरीका उच्च अधिकारीको नाम र दर्जा दुरुपयोग गरेर ठगी गर्नेहरू फन्दामा
-
दश हिमाली जिल्लामा छात्रावास निर्माण गरिने
-
विद्युतीय सवारी साधनको प्रयोग बढेसँगै चार्जिङ स्टेसन विस्तारमा निजी क्षेत्रको चासो