उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक पौडेललाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहीबार, ३१ जेठ २०८१, १९ : ५८

काठमाडौँ । विशेष अदालतले उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित ८ जनालाई सफाइ दिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साह, तत्कालीन कामु उपनिर्देशक पवन कुमार कर्ण, प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रबन्धक कमलराज पौडेल र निर्देशकहरू ध्रुवबहादुर देवकोटा र महेश प्रसाद काफ्लेलाई सफाइ दिएको हो । आवश्यक नभएको सामग्री खरिद गरेको आरोपमा अख्तियारले उनीहरूमाथि २२ लाख ७८ हजार भ्रष्टाचार गरेको अभियाेग पत्र दायर गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ
-
गगनविरूद्ध प्रधानमन्त्रीको अभिव्यक्ति र अवहेलना मुद्दा संयोग कि रणनीति ?
-
इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो
-
कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या
-
राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैन : डा.शेखर कोइराला
-
त्रिभुवन विश्वविद्यालयले ‘अङ्ग्रेजी भाषा शिक्षण र प्रायोगिक भाषा विज्ञान’ सम्मेलन गर्दै