प्रभाव पार्न सक्ने खेलाडी : रहमानुल्लाह गुरबाज (अफगानिस्तान)

आईसीसी टी–२० विश्वकप यात्रमा होमिएको अफगानिस्तानको टोलीका उपकप्तान हुन्, रमानुल्लाह गुरबाज । उनी टोलीका अनुभवी खेलाडीमध्ये एक हुन् ।
२२ वर्षीय रहमानुल्लाह गुरबाजले अफगानिस्तानका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् ।
रहमानुल्लाह गुरबाजले अफगानिस्तानका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन हजारभन्दा बढी रन बनाइसकेका छन् । उनले देशका लागि एक टेस्ट खेल्दै ५१ रन बनाएका छन् ।
यसैगरी उनले अफगानिस्तानका लागि ४० वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । यो ढाँचाको क्रिकेटमा उनले कुल एक हजार चार सय ६७ रन बनाएका छन् । उनले ६ शतक र पाँच अर्धशतक प्रहार गरेका छन् ।
उनले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा भने ५७ खेल खेल्दै कुल एक हजार पाँच सय ३२ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले एक शतक र नौवटा अर्धशतक पनि बनाएका छन् ।
यसका अतिरिक्त उनी टोलीका प्रभावशाली फिल्डर पनि हुन् । उनले टेस्ट क्रिकेटमा दुई, एकदिवसीय अन्तर्राष्ट्रियमा २२ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३२ वटा क्याच पनि लिएका छन् ।
रहमानुल्लाह गुरबाज एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने विश्वकै नवौँ सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्दा उनी केवल १९ वर्ष ५४ दिनका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु