प्रभाव पार्न सक्ने खेलाडी : सेसे बाउ (पपुवा न्यु गिनी)

पपुवा न्यु गिनीका अनुभवी खेलाडीमध्ये एक हुन्, सेसे बाउ । उनी टोलीका अलराउन्डर खेलाडी हुन् । ३२औँ वर्ष प्रवेशको सँघारमा रहेको सेसे बाउ मध्यक्रममा ब्याटिङ गर्न आउँछन् ।
उनले टोलीका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी दुबै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । सम्भवतः उनले यही विश्वकपमा दुई हजार अन्तर्राष्ट्रिय पनि पुरा गर्नेछन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा उनले कुल एक हजार नौ सय ८० रन बनाइसकेका छन् । उनले ५७ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल एक हजार ८९ रन बनाएका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको स्ट्राइक रेट ६१.७६ रहेको छ । उनको उच्च स्कोर भने अविजित ८१ रन हो । यस क्रममा उनले पाँचवटा अर्धशतक पनि प्रहार गरेका छन् ।
सेसे बाउले ५२ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको ४४ पालीमा कुल आठ सय ९१ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको स्ट्राइक रेट भने १११.९३ रहेको छ ।
क्रिकेटको यो ढाँचामा उनको उच्च स्कोर अविजित ६५ रन हो । उनले तीनवटा अर्धशतक पनि बनाएका छन् । यी बायाँहाते ब्याट्सम्यान बलिङ भने दायाँ हातले गर्छन् ।
सेसे बाउले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ३५ रन दिएर दुई विकेट हो ।
यसैगरी टी–२० अन्तर्राष्ट्रियमा पनि उनले १४ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन केवल चार रन दिएर दुई विकेट हो ।
यसका अतिरिक्त उनी पपुवा न्यु गिनीका प्रभावशाली फिल्डर पनि हुन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २० र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २१ वटा क्याच पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि
-
शुक्लाफाँटा भ्रमण गर्ने पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क
-
यसरी बन्दैछ ४०० केभीको लप्सीफेदी सबस्टेसन (तस्बिरहरु)
-
नेकपा एमालेका वडा सदस्यद्वारा विद्युत् कर्मचारीमाथि दुर्व्यवहार
-
पत्रकार महासङ्घ युकेद्वारा राजदूत घिमिरेलाई दूतावासमा स्वागत
-
सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध