बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

ओलीको चेतावनी : फाटो, विभाजन र गुटबन्दी गर्नेलाई एमालेमा ठाउँ छैन

बिहीबार, ३१ जेठ २०८१, १६ : ००
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई ठाउँ नदिइने बताएका छन् । 

बिहीबार एमाले भक्तपुर नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई पार्टीभित्र ठाउँ छैन’, उनले भने, ‘आन्तरिक सङ्घर्षका लागि ठाउँ छैन छलफल र विचार विमर्श गर्नलाई ठाउँ छ ।’ भित्री पार्टी सङ्घर्ष भन्ने कुरा गलत भएको भन्दै उनले भित्री पार्टी छलफल भन्नुपर्ने पनि बताए । 

अध्यक्ष ओलीले मिसन ८४ यतिकै नभनेको भन्दै देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउन खोजेको पनि बताए । पार्टीभित्र एकताबद्धता पहिलो रोजाई हुनुपर्ने ओलीको कार्यकर्तालाई सुझाव छ । ‘हाम्रो एकताकै कारण पार्टी सिद्ध्याउँछु भन्नेहरू असफल भएका हुन् । हाम्रो सुझबुझ र सचेत एकताले हो नै उनीहरू असफल भएका हुन्’, अध्यक्ष ओलीको भनाइ छ । पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाए मात्रै विपक्षीहरूसँग प्रतिस्पर्धा गर्न सकिने भन्दै ओलीले एमालेलाई निर्णायक शक्ति बन्न नदिन एकपछि अर्को मिथ्या आरोप लाग्ने गरेको बताए । 

‘एउटा करायो केपी ओलीले १०८ केजी सुन चढाएँ भनेर पित्तल चढायो । छानबिन गरिपाऊ भन्यो । पशुपतिमा चढाएको जलहरी भत्काएर, तौलिएर, घोटेर । कहाँ गयो त्यो कराउने रु’, ओलीको प्रश्न छ । उनले गिरीबन्धु टिस्टेटमा ५१ र १९ विगाहा विक्री गरेर कांग्रेसले बेचेर खाएको भन्दै उनले आफूले कानुन बनाएपछि खान नपाउँदा स्याल हुइयाँ मच्चाएको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप