जी सेभेन बैठक : रोक्का गरिएको रुसी सम्पत्ति युक्रेनलाई दिने विषयमा सहमतिको सम्भावना
रोम । जी सेभेनका सदस्य देशहरूले रोक्का गरेर राखिएका अर्बौ डलर बराबरको रुसी सम्पत्ति युक्रेनको मद्दतका लागि प्रयोग गर्ने सहमति गर्ने सम्भावना देखिएको छ । इटालीमा जारी जी–७ सम्मेलनमा यस विषयमा सहमति हुनसक्ने खबरहरू बाहिर आइरहेका छन् ।
यस विषयमा अमेरिकाले पेस गरेको प्रस्तावअनुसार यी सम्पत्ति प्रयोग गरेर युक्रेनका लागि हरेक वर्ष ५० अर्ब डलर सङ्कलन गर्न सकिनेछ । अमेरिकाले रुसमाथि नयाँ आर्थिक प्रतिबन्ध लगाउने प्रस्ताव पनि अगाडि सारेको छ ।
जी–७ को बैठकमा गाजामा जारी युद्ध, आर्थिक सुरक्षा र कृत्रिम बौद्धिकताका विषयमा छलफल हुनेछ । कतिपय सदस्य राष्ट्रका नेताहरूले घरेलु मोर्चामा चुनौतीको सामना गरिरहेका छन् ।
जसमा बेलायती प्रधानमन्त्री ऋषि सुनाक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र अमेरिकी राष्ट्रपति जो बाइडेन आदि छन् । बेलायतमा अर्को महिना आम निर्वाचन हुँदैछ । फ्रान्समा पनि यही महिनाको अन्त्यमा चुनाव हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
-
‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’मा ‘दसैँ आयो’ले जित्यो १ लाख पुरस्कार
-
यस वर्षको नोबेल पुरस्कार, अमेरिकी खुला बजार नीति परित्यागको पक्षमा
-
भूल भुलैयाले कमायो २५० करोड
-
कीर्तिपुरको चुनावी सभालाई प्रचण्डले सम्बोधन गर्ने
-
नेपाल र फिनल्याण्डबिच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर