बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

नेप्से सूचक ९.३२ अंकले घट्यो, ६ अर्ब ४४ करोडभन्दा बढीको कारोबार

बिहीबार, ३१ जेठ २०८१, १५ : २२
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उच्च कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९.३२ अंकले नेप्से सूचक घटेपनि कारोबार भने ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।  १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा सो बराबरको रकम कारोबार भएको हो । 

नेप्से सूचक ९.३२ अंकले घटेर २११२.२९ को विन्दुमा झर्दा आज नेपाल फाइनान्स लिमिटेड र एनआरएन इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनी सेयर कारोबार उच्च रहेको छ । 

आज यी दुई कम्पनीको सेयर क्रमशः २८ करोड ४७ लाख रुपैयाँ र २० करोड ५७ लाख रुपैयाँ भन्दा बढी कारोबार भएको छ । यस्तै संवृद्धि फाइनान्स कम्पनीको १७ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । 

आज डेभलपमेन्ट बैंक समूह र फाइनान्स समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । डेभलपमेन्ट बैंक र फाइनान्स समूहको उपसूचक भने क्रमशः १.३१ प्रतिशत र २.०३ प्रतिशतले बढेका छन् । 

९४ कम्पनीको सेयर मूल्य बढ्दा आज १४७ कम्पनीको मूल्य घटेको छ । ५ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ । 

संवृद्धि फाइनान्स कम्पनी र कुथेली बुखारी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य आज १० प्रतिशतले बढेको छ भने मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समान १० प्रतिशतले नै घटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप