देशका विभिन्न स्थानमा ८ जना मृतावस्थामा फेला
बिहीबार, ३१ जेठ २०८१, १४ : ०३
काठमाडौं । देशका विभिन्न स्थानमा ८ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयकाअनुसार-
- रूपन्देहीको तिलोत्तमा नगरपालिका-३ बस्ने ६५ वर्षीया जुनुमाया गुरूङ तथा शुद्धोधन गाउँपालिका-७ मधुबनी बस्ने ३४ वर्षीय हरिराम हरिजन आ-आफ्नै घरमा र तिलोत्तमा नगरपालिका-३ संयोग पथस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- संखुवासभाको पाँचखपन नगरपालिका-३ आरूबोटे बस्ने ३३ वर्षीय भेषराज काल्पा मगर सोही नगरपालिका-३ बडेनी पुल मुनि बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- महोत्तरीको बर्दिबास नगरपालिका-१४ हाटबजार चौतारामा कवाडी संकलन गरी हिँड्ने हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
- सिन्धुलीको कमलामाई नगरपालिका-११ थरहरी बस्ने ६२ वर्षीय गोकर्ण खपाङ्गी मगर सोही ठाउँस्थित सर्पखोलाको किनारामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- रूकुम पश्चिमको सानिभेरी गाउँपालिका-६ बस्ने ५१ वर्षीय धन बहादुर दमाई सोही गाउँपालिका-५ बल्लेबाँसस्थित मकै बारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । सोमबार गाउँतर्फ जान्छु भनी हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
- अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७ मोडेलचौर बस्ने ४२ वर्षीय कमल प्रसाद पाण्डे क्षेत्री सोही ठाउँस्थित भिरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । घरबाट बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
- धनुषाको जनकपुर उपमहानगरपालिका-४ शुक्रवारी बजार छिर्ने गेट नजिकको फुटपाथमा सोही उपमहानगरपालिका शान्तिनगर बस्ने ५० वर्षीय बिजय कर्ण बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- धनकुटाको पाख्रिवास नगरपालिका-८ खातीडाँडा बस्ने ६५ वर्षीय मान बहादुर दर्जी सोही नगरपालिका-४ चिलिम खोल्सोस्थित सडक छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जागरण सभाका नाममा शक्ति प्रदर्शन गर्दै एमाले
-
आजको दिन कुन राशिका लागि राम्रो ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना
-
नेपालमा ओमानी रियाल पनि खरिदबिक्री हुने, विदेश पुगेका नेपालीलाई राहत
-
के हो अक्युपञ्चर उपचार विधि ?, के छ महत्व ?
-
विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?