वित्तीय संस्थाहरुविरुद्ध आन्दोलनको घोषणा
बिहीबार, ३१ जेठ २०८१, १३ : ३१
काठमाडौँ । ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल’ले असार १६ गतेदेखि वित्तीय संस्थाहरू विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
बिहीबार काठमाडौँमा समितिले पत्रकार सम्मेलन गर्दै यस्तो आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । समिति अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त पीडितका माग असार १५ गतेसम्म पूरा नभए १६ गतेदेखि वित्तीय संस्थाहरूको ज्यादती कालोसूची र धितो लिलाम गर्ने गराउने प्रक्रिया रोक्न माग गरे ।
उनले यी माग सम्बोधन नभए असार १६ गतेदेखि वित्तीय संस्थाहरू विरुद्ध देशव्यापी मसाल जुलुससहित विद्रोहमा जाने चेतावनी दिए । उनले वित्तीय माफियाहरूको विरुद्ध बलिदान दिन समेत तयार रहेको भन्दै विद्रोहमा जाने निर्णय भएको बताए ।
समितिले शान्तिपूर्ण आन्दोलनलाई कमजोरीका रूपमा नलिन सरकारलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली
-
पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
-
कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित
-
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात
-
सैफ अली खानमाथि आक्रमण भएको रात छोराले सोधेको थियो - तिमी मर्न लागेको हो र ?