लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद सजाय
बिहीबार, ३१ जेठ २०८१, १३ : २६

काठमाडौँ । लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय हुने फैसला भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितन्द्र थापाको इजलासले उनलाई ६ वर्ष कैद र ८० लाख जरिवाना हुनेगरी सजाय निर्धारण गरेका हुन् ।
जेठ २४ मा दोषी ठहर भएका भट्टराईलाई बिहीबार विशेष अदालतले कसुर निर्धारण गरेको हो । ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट घुस लिएको आरोपमा उनी विरुद्ध अख्तियारले २५ चैत २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाखमा ५ फिल्म : ऐतिहासिक ‘जार’देखि सामाजिक कथाको ‘झिल्को’सम्म
-
बागमतीका निलम्बित मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी आइतबार
-
विश्वप्रकाशको प्रश्न : सरकार सफल हुने भनेको मौन धारण गरेर हो ?
-
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार : निलम्बनको सिफारिसमा को- को परे ? (सूचीसहित)
-
कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ, ९२ जना अधिकृत सहभागी
-
थुनामा रहेका भुटानी शरणार्थीलाई देश निकाला नगरी वैशाख ११ गते इजलासमा पेस गर्नू : सर्वोच्च अदालत