पेमा खाण्डु लगातार तेस्रो पटक बने अरुणाचलको मुख्यमन्त्री
नयाँ दिल्ली । पेमा खाण्डुले अरुणाचल प्रदेशको मुख्यमन्त्रीको शपथ लिएका छन् । योसँगै उनी लगातार तेस्रो पटक अरुणाचलको मुख्यमन्त्री बनेका हुन् । उनीसँगै चुन मीनले उपमुख्यमन्त्रीको शपथ लिएका छन् ।
पेमा खान्डुको नेतृत्वमा भाजपाले अप्रिल १९ मा भएको विधानसभा चुनावमा बहुमत हासिल गरेको थियो । बिहीबार कडा सुरक्षा व्यवस्थामा आयोजित शपथ ग्रहण समारोहमा केन्द्रीय गृहमन्त्री अमित शाह, केन्द्रीय मन्त्रीहरू जेपी नड्डा, किरेन रिजिजु र असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मा सहभागी थिए ।
भाजपाले लगातार तेस्रो पटक राज्यमा सत्ता हात पार्न सफल भएको छ । ६० सदस्यीय विधान सभामा भाजपाले ४६ सिट जितेर बहुमत हासिल गरेको छ । जसमध्ये १० सिटमा भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए ।
निर्विरोध निर्वाचित भएका दश उम्मेदवारमध्ये पेमा खाण्डु पनि थिए । नेशनल पिपुल्स पार्टीले पाँच सिट र पिपुल्स पार्टी अफ अरुणाचलले दुई सिट जितेको थियो । एनसीपीले तीन र कांग्रेसले एक सिट जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्षको नोबेल पुरस्कार, अमेरिकी खुला बजार नीति परित्यागको पक्षमा
-
भूल भुलैयाले कमायो २५० करोड
-
कीर्तिपुरको चुनावी सभालाई प्रचण्डले सम्बोधन गर्ने
-
नेपाल र फिनल्याण्डबिच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर
-
‘डोरी’को शुभ–मुहूर्त
-
अनिशाले जितिन् ‘मिस प्लानेट २०२४’ को हुम्यानिटी टाइटल अवार्ड