विराट-रोहितलाई आउट गर्ने भारतीय
![विराट-रोहितलाई आउट गर्ने भारतीय](https://npcdn.ratopati.com/media/news/rohit-sharma_6rmPD2FDO2.webp)
न्युयोर्क । बुधबार राति भएको खेलको नतिजा जस्तोसुकै होस्, एकपटक पनि अमेरिकी खेलाडीले भारतीय टोलीका कुनै पनि अनुभवी खेलाडीलाई हावी हुने मौका दिएनन् ।
पहिले ब्याटिङ र त्यसपछि बलिङ दुवै मोर्चामा अमेरिकी टोली भारतीय चुनौतीका लागि तयार देखिन्थे । भारतीय खेलाडी रनका लागि संघर्ष गरिरहेको देखियो ।
अमेरिकाका सौरभ नेत्रावलकरले भारतका दुवै ओपनरलाई सस्तोमा आउट गर्दै भारतलाई सबैभन्दा ठुलो झटका दिएका थिए । रोचक कुरा के छ भने सौरभ नेत्रवलकर भारतीय मूलका हुन् । उनी मुम्बईमा हुर्केका थिन् ।
उनले भारतको अन्डर-१९ क्रिकेट टोलीबाट विश्वकप पनि खेलिसकेका छन्। तर, उनी पढाइका लागि अमेरिका पुगे र त्यसपछि त्यहाँको क्रिकेट टिमको हिस्सा बने ।
सौरभले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको त्रिकोणीय शृङ्खला र त्यसपछि न्युजिल्यान्डमा भएको अन्डर-१९ विश्वकपमा भाग लिएका थिए । त्यतिबेला सौरभसँगै केएल राहुल, मयंक अग्रवाल र जयदेव उनाडकट पनि अन्डर १९ टोलीमा थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन
-
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा युवाको मृत्यु