बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी– लोगन भान विक (नेदरल्यान्ड्स)

बिहीबार, ३१ जेठ २०८१, १२ : ४६
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । लोगन भान विक नेदरल्यान्ड्सका महत्त्वपूर्ण ब्याट्सम्यान हुन् । पछिल्लो समय विश्व क्रिकेटमा एकपछि अर्को सफलता हात पार्दै गएको नेदरल्यान्ड्सलाई अहिलेको स्थितिसम्म पुर्याउन भाव विकको पनि महत्त्वपूर्ण योगदान रहेको छ ।

३३ वर्षीय भान विक टोलीका अलराउन्डर खेलाडी हुन् । दायाँहाते मध्यम तेज गतिका बलर भान विकको ब्याटिङ पनि उत्कृष्ट छ । उनले नेदरल्यान्ड्सका लागि एक दिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

भान विकले अन्तर्राष्ट्रिय क्रिकेटमा ८० विकेट लिइसकेका छन् भने पाँच सयभन्दा बढी रन पनि बनाएका छन् । ३३ वटा एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै उनले कुल ४६ विकेट हात पारेका छन् । एक दिवसीय अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन २४ रन खर्चिएर चार विकेट हो ।

यसैगरी उनले २९ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल ३४ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन २७ रन खर्चिएर चार विकेट हो । उनले एक दिवसीय अन्तर्राष्ट्रियमा चार सय ७७ रन बनाएका छन् ।

भान विकले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एक सय रन बनाएका छन् । यसका अतिरिक्त उनले एक दिवसीय अन्तर्राष्ट्रियमा १७ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १६ वटा क्याच पनि लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप