बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

तथ्याङ्कमा भारतविरुद्ध अमेरिका : पहिलोपटक लेट–ओभर पेनाल्टी, सूर्यकुमारको ढिलो अर्धशतक

विराटको  शून्य रनमा आउट हुने रेकर्ड
बिहीबार, ३१ जेठ २०८१, १२ : ३३
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । टी–२० विश्वकपको २५ औँ खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गरेको छ । नासाउ काउन्टी क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा भारतीय टोलीले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । 

अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो । जवाफमा भारतीय टोलीले १८.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

382707.6

खेलका दौरान टी–२० विश्वकपमा पहिलो पटक कुनै टोलीलाई ओभर ढिलो गरेकोमा पेनाल्टी लगाइएको थियो । 

१६ औँ ओभरको सुरुवातमा भारतलाई जीतका लागि ३५ रन चाहिएको थियो । तर ‘स्टप क्लक रेगुलेसन’ अनुसार अमेरिकाले तेस्रोपटक पछिल्लो ओभर अन्त्य भएको एक मिनेट भित्र अर्को ओभर सुरुवात गर्न नसकेपछि पाँच रनको पेनाल्टी दिइएको थियो । 

पेनाल्टीपछि भारतलाई ३० बलमा ३० रन चाहिने अवस्थामा पुग्यो । रन पछ्याउने क्रममा सूर्यकुमार यादवले ४९ बलमा अर्धशतक बनाउँदै टोलीलाई जित दिलाए ।

arshdeep-four-1718215067038

  • टी-२० विश्वकपमा भारतका लागि अर्शदीप सिंहको सर्वकालीन सर्वश्रेष्ठ प्रदर्शन

अर्शदीप सिंहले टी-२० विश्वकपमा भारतका लागि अहिलेसम्मकै सर्वश्रेष्ठ बलिङ प्रदर्शन प्रदान गरे । उनले अमेरिकाविरुद्ध ९ रन दिएर ४ विकेट लिएका थिए । यसअघि रवीचन्द्रन अश्विनले मिरपुरमा भएको विश्वकप २०१४ मा अस्ट्रेलियाविरुद्ध ११ रनमा ४ विकेट लिएका थिए ।

  • सूर्यकुमारले बनाए टी-२० विश्वकपमा सबैभन्दा ढिलो अर्धशतक

भारतीय ब्याट्सम्यान सूर्यकुमार यादव भारतका लागि सबैभन्दा ढिलो अर्धशतक बनाउने खेलाडी बनेका छन् । उनले अमेरिकाविरुद्ध ४९ बलमा अर्धशतक बनाएका थिए । यस मामिलामा उनले विराट कोहलीलाई पछाडि छोडे । कोहलीले सन् २०२१ मा पाकिस्तानविरुद्ध ४५ बलमा अर्धशतक बनाएका थिए ।

सूर्य टी-२० विश्वकपमा सबैभन्दा ढिलो अर्धशतक प्रहार गर्ने समग्रमा पाँचौँ खेलाडी हुन् । यो सूचीमा पाकिस्तानका मोहम्मद रिजवान शीर्ष स्थानमा छन् । यही विश्वकपमा रिजवानले क्यानडाविरुद्ध न्युयोर्कको सोही मैदानमा ५२ बलमा अर्धशतक बनाएका थिए ।

  • विराट बने सबैभन्दा धेरै पटक शून्य रनमा आउट हुने चौथो भारतीय

बुधबार अमेरिकाविरुद्धको खेलमा विराट कोहली शून्य रनमा आउट भए । अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै पटक शून्यमा आउट हुने भारतीय खेलाडीमध्ये उनी चौथो स्थानमा छन् । कोहली ३६ औँ पटक शून्य रनमा आउट भए । उनले अनिल कुम्बलेलाई पछाडि छोडे । यो सूचीमा जहिर खान शीर्ष स्थानमा छन् । खान कीर्तिमानी ४३ पटक शून्य रन बनाएर आउट भएका थिए ।

  • टी-२० विश्वकपमा पहिलो बलमा आउट हुने विराट आठौँ भारतीय

भारतीय टोलीका स्टार ब्याट्सम्यान कोहली पहिलो बलमा शून्यमा आउट हुने आठौँ भारतीय बनेका छन्। यसअघि थप ७ खेलाडी आउट भएका थिए । जसमा पाकिस्तानविरुद्ध ४, दक्षिण अफ्रिकाविरुद्ध २ र अस्ट्रेलियाविरुद्ध १ खेलाडी गोल्डेन डक भएका थिए ।

  • सर्वाधिक विकेट लिने चौथो भारतीय

अर्शदीप सिंहले अमेरिकाविरुद्ध ४ विकेट लिए। योसँगै उनी टी–२० विश्वकपमा सर्वाधिक विकेट लिने चौथो भारतीय बनेका छन् । उनले ९ खेलमा १७ विकेट लिएका छन् । उनले जसप्रित बुमराहलाई पनि पछाडि छोडे। बुमराहले टी–२० विश्वकपका १३ खेलमा १६ विकेट लिएका छन् । यो सूचीमा अश्विन ३२ विकेटसहित शीर्ष स्थानमा छन् । त्यसपछि रवीन्द्र जडेजाको २१ विकेट छ । तेस्रो स्थानमा रहेका हार्दिक पाण्ड्याको २० विकेट छ ।

  • टी-२० विश्वकपमा पहिलो बलमा विकेट लिने पहिलो भारतीय 

अर्शदीप सिंह टी-२० विश्वकपमा पहिलो बलमा नै विकेट लिने पहिलो भारतीय खेलाडी हुन्। यदि सबै टी-२० अन्तर्राष्ट्रिय खेलको कुरा गर्ने हो भने भुवनेश्वर कुमारले तीन पटक यो उपलब्धि हासिल गरेका छन् ।

  • कोहली सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने सातौँ खेलाडी

विराट कोहली सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने हिसाबले सातौँ स्थानमा आएका छन्। उनले हालसम्म ५२५ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उनले पाकिस्तानका शाहिद अफ्रिदीलाई पछाडि छोडे। अफ्रिदीले ५२४ खेल खेलेका थियो । यस सूचीमा सचिन तेन्दुलकर शीर्ष स्थानमा छन् । तेन्दुलकरले कुल ६६४ खेल खेलेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप