समयमा नै किसानलाई मल उपलब्ध गराउन रास्वपाको माग

काठमाडौँ । किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग माग गरेको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पार्टीका प्रमुख सचेतक सन्तोष परिवारले यस्तो माग गरेका हुन् ।
सरकार मलको अभाव छैन भन्ने तर किसानले १० किलो भन्दा बढी मल नपाउने अवस्था रहेको बताए । उनले भक्तपुरका कृषि उब्जनी हुने मध्यपुर ठिमी र बोडे लगायतका किसानहरूले १० किलो भन्दा बढी मल नपाएको बताए ।
उनले मल अभाव छैन भने पनि बजारमा मल नपाएको भन्दै सरकारले तत्काल मल समयमा किसानलाई उपलब्ध गराउन माग गरे । परियारले किसानहरूले कालोबजारीमार्फत मल किन्दा जति पनि पाइने अवस्था रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
उनले भने, ‘सरकार मलको अभाव छैन भन्छ । तर भक्तपुरका किसानहरू १० किलो भन्दा मल पाउँदैनन् । भक्तपुरको नयाँ ठिमी, बोडे कृषि उब्जनी हुने क्षेत्र छ । तर सरकार मल अभाव छैन भन्छ अर्कोतिर मल पाइँदैन । कालोबजारी गरेर मल दिने जति पनि भेटिन्छन् । यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । कृषि उत्पादन बढाउनको लागि मलको व्यवस्था गरोस् ।’
उनले कृषि उत्पादन बढाउनको लागि समयमा नै किसानलाई मलको व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबको केही दिन पश्चिम नेपालमा मौसम बदली, त्यसको असर काठमाडौंसम्मै पर्ने
-
१२ बजे, १२ समाचार : एनपीएल सकिएपछि पारसको प्रतिक्रियादेखि समीक्षा पुगिन् साइबर ब्यूरोसम्म
-
एनपीएल सकिएपछि पारस खड्काले भने– अर्को संस्करणलाई अझ सभ्य र भव्य बनाउँछौँ
-
जनकपुरले जितेपछि पुबुदुले भने– मेरा लागि ललित राजवंशी उत्कृष्ट खेलाडी
-
एनपीएलमा हारेपछि सुदूरपश्चिमका प्रशिक्षक टमटाले के भने ?
-
विदेशमा रहेका नेपालीको समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : शर्मा