अज्ञात रोग पहिचान र निराकरण गर्न माग
बिहीबार, ३१ जेठ २०८१, १२ : ०१

काठमाडौँ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको हिमा गाउँपालिका लगायतका स्थानमा अज्ञात रोगबाट सयौँ भेडाबाख्रा मरेको भन्दै रोग पहिचान गरी निवारण गर्न सरकारसमक्ष माग गरेका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले किसानले पालेका भेडाबाख्रा मरेपछि हजारौँ किसानहरू मारमा परेको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘यो रोग यदि अझै फैलियो भने जुम्ला आसपासका हजारौँ किसान घरबारविहीन हुनेछन् । रोग छिटो पत्ता लगाउन र निराकरण गर्न पहल गरियोस्’, शाहीको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुइँकुहिरो र कान्छी तामाङको एक्लो यात्रा
-
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
-
प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने कुरामा भूमिका विहीन भयो : मन्त्री लामिछाने
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)