आफ्नो नाम चलचित्रमा प्रयोग गरेको भन्दै बलिउड निर्माताले दर्ता गराए मुद्दा
काठमाडौँ । बलिउड निर्माता तथा निर्देशक करण जोहरले शुक्रबारबाट रिलिज हुने फिल्म ‘शादी के डायरेक्टर करण और जोहर’का निर्माताविरुद्ध बम्बई हाई कोर्टमा मुद्दा दर्ता गरेका छन् । उनले फिल्मको नाममा आफ्नो नामको प्रयोग भएकाले त्यसलाई रोक्न माग गर्दै अदालतको ढोका ढकढक्याएका हुन् ।
उनले मुद्दाको टुङ्गो नलागुन्जेलसम्म फिल्म रिलिज रोक्न पनि माग गरेका छन् । करणका वकिल पराग खण्डराका अनुसार यो मामलामा आज (बिहीबार)नै सुनुवाइ हुँदै छ । ‘फिल्मको नाममा करण जोहरको नाम प्रयोग गरेर निर्माताले म पनि यो फिल्ममा जोडिएको छु भनेर ठुलो मात्रामा जनताको मनमा भ्रम पैदा गरिरहेका छन् । आम जनता तुरुन्तै यो फिल्ममा जोडिन्छन् भन्ने भ्रम निर्मातामा छ । मैले फिल्मको नाम थाहा पाएपछि यसमा एक्सन लिएको हुँ’, करणले भनेका छन् ।
करणले मुद्दामा फिल्मसँग आफ्नो कुनै सम्बन्ध नरहेको उल्लेख गर्दै निर्माताले गैर कानुनी रूपले आफ्नो नामको प्रयोग गरेको आरोप लगाएका छन् । यो फिल्म इण्डियाप्राइड एडभाइजरी प्रालिले बनाएको हो । फिल्ममा सञ्जय सिंह र बब्लू सिंहको निर्देशन छ ।
मुद्दामा फिल्मले करणको अधिकार, प्रचारको अधिकार र गोपनीयताको अधिकार उल्लङ्घन गरेको आरोप लगाइएको छ । ‘फिल्मको नाममा उनको नाम प्रयोग गर्नु करणको प्रतिष्ठान गिराउनका लागि गरिएको हो, जुन कानुनी रूपमा स्वीकार्य हुन्न । करण भारत र विश्वव्यापी रूपमा एक ठुला हस्ती हुन् । उनलाई करण जोहरको नामले चिनिन्छ । उनको नाम प्रयोग गर्नु भनेको करणको नाममा फाइदा उठाउनु हो’, मुद्दामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता
-
५२ अंकले बढ्यो सेयर बजार, ९ अर्ब २० करोडको कारोबार