राहुल गान्धीले रायबरेली वा वायनाड कुन क्षेत्र छाड्लान् ?

नयाँ दिल्ली । लोकसभा चुनावमा आफ्ना दुवै सिटबाट विजयी भएका कांग्रेस नेता राहुल गान्धी दुबिधामा परेका छन् । गान्धीले केरलाको वायनाड वा उत्तर प्रदेशको रायबरेली मध्ये एक ठाउँ छोड्नुपर्नेछ । संसद्मा कुन सिटलाई प्रतिनिधित्व गर्ने भन्ने आफू दुबिधामा रहेको बुधवार वायनाडको भ्रमणको क्रममा गान्धीले भनेका थिए ।
‘म बाहेक हरेकलाई यसको जवाफ थाहा छ । राजनीतिमा हरेकलाई सबै कुरा थाहा हुन्छ, मात्रै राजनीति गर्नेलाई थाहा हुन्न’ उनले भनेका छन् ।
आफूले जे निर्णय लिए पनि वायनाड र रायबरेली दुबैका जनतालाई खुसी बनाउने गरी लिने पनि उनले बताए । मङ्गलवार रायबरेलीका मतदाताहरूको लागि आयोजित धन्यवाद र्यालीमा राहुल गान्धीले आफ्नो दुबिधाको उल्लेख गरेका थिएनन् ।
तर वायनाडमा भने उनले यसबारे चर्चा गरे । राहुलको भाषणमा उनले वायनाड सिट छोड्ने सङ्केत पाइएको छ । ‘तपाईँहरूले मलाई परिवारको सदस्यले जस्तै माया गर्नुभयो । मसँग भावनाहरू व्यक्त गर्न पर्याप्त शब्द नै छैनन् । म तपाईँहरूले दिएको माया जीवनभर सम्झिरहनेछु’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजसंस्था फर्काउँछु भन्नु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो'
-
महिला तथा बालबालिकाका नाममा संघसंस्थाले लगे १ अर्ब २२ करोड
-
तौल घटाउन दही खाने कि मोही ?
-
योगी आदित्यनाथ बन्लान् नरेन्द्र मोदीको उत्तराधिकारी ?
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बाढीले क्षतिग्रस्त सडकको ठेक्का खुल्यो, पुलको किन खुलाइएन ?