कुवेतको आगलागीमा ज्यान गुमाउने भारतीयको परिवारलाई सरकारले २-२ लाख रुपैयाँ दिने
बिहीबार, ३१ जेठ २०८१, ०९ : १९

नयाँ दिल्ली । कुवेतको एक बहुतले भवनमा भएको आगलागीमा ४० भारतीयको मृत्यु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राति समीक्षा बैठक गरेका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा पछिल्लो अवस्थाबारे जानकारी लिइएको थियो ।
समीक्षा बैठकमा मृतक भारतीयका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २/२ लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको थियो । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भारत सरकारले कुवेत आगलागीबाट प्रभावित परिवारलाई सहयोग गर्न हरसम्भव प्रयास गर्ने बताए।
कुवेतको दक्षिणी अहमद गभर्नरेटको मङ्गाफ क्षेत्रमा रहेको बहुतले आवासीय भवनको भुइँ तल्लामा आगलागी हुँदा ४९ जनाको मृत्यु भएको थियो । जसमध्ये ४० जना भारतीय थिए।
यस घटनामा ५० जना घाइते भएका छन् र उनीहरूको विभिन्न पाँच अस्पतालमा उपचार भइरहेको छ । यस घटनामा नेपाली श्रमिक पनि घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म