सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, ३० जेठ २०८१, २१ : ५९
बुधबार, ३० जेठ २०८१

आज २०८१ जेठ ३० गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • कसको सांसद ?

सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरे पनि प्रदेश सभा सदस्य फणिन्द्र देवकोटाको भूमिकाबारे विभिन्न टिप्पणी भइरहेको छ ।

  • बैंकको नाफा

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ६१ खर्ब ९० अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कूल निक्षेप संकलन ६१ खर्ब ९० अर्ब १ करोड ५० लाख रुपैयाँ पुगेको हो । 

  • मौद्रिक नीति

आर्थिक वर्ष २०८१/८२ को आर्थिक नीति (बजेट) सार्वजनिक भएसँगै यता केन्द्रीय बैंकले पनि मौद्रिक नीतिको तयारी थालेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति निर्माणको गृहकार्य थालनी गरेको हो ।

  • बेथिति

उत्तरी मोरङको केराबारीबाट सिंहदेवी जाने ‘खोर्साने–केराबारी–सिंहदेवी रोड’ निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी सीआइसीओ (सिको) र केसीसीपीएल जेभीले काम नगर्दा सडकको बेहाल भएको छ ।

  • चपेटामा गौरवका आयोजना

बागमती प्रदेश अन्तर्गतका गौरवका आयोजनाहरू कार्यान्वयनमा आउन सकेका छैनन् । दलहरू सत्ता प्राप्तिको खेलमा केन्द्रित हुँदा प्रदेशको गौरवको आयोजना कार्यान्वयनमा आउन नसकेका हुन् ।

  • डेंगुको जोखिम

नेपालमा बाह्रै महिना डेंगु सङ्क्रमण देखिन थालेको छ । तर मनसुन सुरु भएसँगै डेंगुको प्रकोप बढ्ने भएकाले सतर्कता अनाउन विज्ञले सुझाएका छन् ।

  •  पीडादायी यात्रा

मधेस प्रदेश सरकारका पूर्वमुख्यन्यायाधिवक्ता एवं जसपा नेपालका नेता दीपेन्द्र झाले सो पार्टीबाट राजीनामा दिइसकेका छन् । तर उनको राजीनामा पार्टीले स्वीकृत गरेको छैन । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिवक्तासमेत रहेका झालाई बोलाएर राजीनामा स्वीकृत नहुने जनाइसकेका छन् । तर न झाले राजीनामा फिर्ता लिएका छन्, न पार्टीले राजीनामा स्वीकृत गरेको गरेको छ ।

  • फेर्‍यो निर्णय

नेकपा (एकीकृत समाजवादी) पार्टीको महाधिवेशनका लागि केन्द्रीय नेताहरू तलैबाटै प्रतिनिधि चुनिएर आउनुपर्ने यसअघिको केन्द्रीय परिषद् बैठकको निर्णयलाई परिवर्तन गर्न प्रस्ताव गर्ने भएको छ ।

  • एमाले अधिवेशन

नेकपा एमालेले तोकिएको समयमा ६८ वटा जिल्ला कमिटीको मात्रै जिल्ला अधिवेशन सम्पन्न गरेको छ । २०८१ जेठ जेठ महिनाभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न पार्टी केन्द्रले निर्देशन दिएपनि १३ वटा जिल्लाले समयमा अधिवेशन गर्न नसकेका हुन् ।

  • चलाखीपूर्ण जवाफ

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितले दिएको जाहेरीको विवरण ‘नभेटिएको’ भन्दै प्रहरीले चलाखीपूर्ण जवाफ पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप