अफगानिस्तानमा १९ प्रतिशत बालबालिका बालश्रममा संलग्न

काबुल । अफगानिस्तानमा १९ प्रतिशत बालबालिका बालश्रममा संलग्न रहेको संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) को अफगानिस्तान कार्यालयले बुधबार जनाएको छ ।
“श्रम तथा सामाजिक मामिला मन्त्रालयले बालश्रम रोक्न र उनीहरूको परिवारलाई सहयोग गर्न पहल गरिरहेको छ । मन्त्रालयले अनाथ बालबालिकाका लागि तालिम केन्द्रहरू सक्रिय गरेको छ र बालबालिकालाई अन्य सहयोगका साथसाथै व्यावसायिक तालिम पनि उपलब्ध गराएको छ”, मन्त्रालयका प्रवक्ता समिउल्लाह रहिमीले भने ।
अफगानिस्तानको राजधानी काबुलको देहसाब्ज जिल्लामा रहेको इँटा कारखानामा काम गर्ने अफगान बालक फोलादले सिन्ह्वालाई भने, “मलाई विद्यालय जान मन छ, तर म सक्दिन । हामी (हाम्रो परिवार) ऋणमा छौँ र म गरिबीका कारणले मेरो पढाइलाई निरन्तरता दिन सक्दिन । यदि सरकारले मेरो परिवारलाई सहयोग गर्छ भने म विद्यालय जान सक्छु र पढाइ जारी राख्न सक्छु ।”
अफगानिस्तानमा चार दशकको युद्ध र चरम गरिबीले धेरै बालबालिकालाई बालश्रमका रूपमा काम गर्न वा सडकमा कार धुनेदेखि जुत्ता चम्काउनेसम्मको लागि सङ्घर्ष गर्न बाध्य पारेको छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरू सरकारले चरणबद्ध कार्यान्वयन गर्छ: अर्थमन्त्री
-
दुर्गा प्रसाईँलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइँदै
-
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु