शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

दाङमा गर्मीले विद्यार्थी बेहोस, २ दिन विद्यालय बन्द

बुधबार, ३० जेठ २०८१, २० : २४
बुधबार, ३० जेठ २०८१

दाङ । दाङको तुलसीपुर–११ स्थित अमर माध्यमिक विद्यालयका विद्यार्थी गर्मीले बेहोस भएका छन् । कक्षा ८ मा पढ्ने ५ जना र कक्षा ९ मा पढ्ने एक जना विद्यार्थी बेहोस भएका हुन् ।

गर्मीका कारण उनीहरूमा स्वास्थ्यमा समस्या आएको उरहरी स्वास्थ्य चौकीका प्रमुख चित्रबहादुर वलीले जानकारी दिए ।

अत्यधिक गर्मीले विद्यार्थीहरू कक्षा कोठामै बेहोस हुन थालेपछि २ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय पनि गरिएको छ । विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न थालेपछि घोराही  उपमहानगरपालिकाले जेठ ३१ र ३२ गते दुईदिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए । 

यसैगरी तुलसीपुर महानगरपालिकाले पनि जेठ ३१ र ३२ गतेका लागि सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप