तेस्रो पटक प्रधानमन्त्री बनेपछि मोदीको पहिलो विदेश भ्रमण इटाली

नयाँ दिल्ली । तेस्रो पटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलो विदेश भ्रमणमा इटाली जाने भएका छन् । जी सेभेनको शिखर सम्मेलनमा सहभागी हुन मोदी बिहीबार इटालीको अपुलिया जान लागेका हुन् ।
भारतका परराष्ट्र सचिव विनय मोहन क्वात्राले पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । ‘इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदी ५० औँ जी७ शिखर सम्मेलनमा भाग लिन भोलि इटालीको अपुलिया जानेछन्,’ उनले भनेका छन् । शिखर सम्मेलन जून १४ मा इटालीमा हुने र त्यहाँ भारतलाई आउटरिच देशको रूपमा आमन्त्रित गरिएको बताइएको छ ।
भारत जीसेभेनको सदस्य होइन । तर उसलाई आउटरिच देशको रूपमा निमन्त्रणा गरिएको छ । ‘तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि प्रधानमन्त्रीको यो पहिलो विदेश भ्रमण हुनेछ । यसले जीसेभेन शिखर सम्मेलनमा उपस्थित अन्य विश्व नेताहरूसँग महत्त्वपूर्ण विषयमा छलफल गर्ने अवसर पनि दिनेछ ,’ परराष्ट्र सचिवले भनेका छन् ।
यस शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, जापानी राष्ट्रपति फुमियो किशिदा र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पनि सहभागी हुनेछन् । यस क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले इटालीका प्रधानमन्त्री जर्जियो मेलोनीसँग पनि भेटवार्ता गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त
-
एमआरपी मूल्य उल्लेख नगरि वस्तु बिक्री गर्ने पसललाई दुई लाख जरिवाना
-
मौसमको चुनौती उछिन्दै गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य
-
‘देश नै हराएपछि बनाउन गाह्रो हुँदो रहेछ’
-
८४ मा ६४ को जस्तै परिणाम ल्याउने गरी माओवादी अघि बढिसक्यो : पम्फा भुषाल
-
न्युरोडबाट हुण्डीको ९ लाख रकमसहित युवती पक्राउ