बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
सचिवालय बैठक

केन्द्रीय नेता हार्ने भयले एकीकृत समाजवादीले फेर्‍यो निर्णय

बुधबार, ३० जेठ २०८१, १८ : २५
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको महाधिवेशनका लागि केन्द्रीय नेताहरू तलैबाटै प्रतिनिधि चुनिएर आउनुपर्ने यसअघिको केन्द्रीय परिषद् बैठकको निर्णयलाई परिवर्तन गर्न प्रस्ताव गर्ने भएको छ ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी, केन्द्रीय निकायका नेता स्वतः प्रतिनिधि हुनेगरी प्रस्ताव गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

‘व्यवहारिक रूपमा व्यवस्थापनका समस्याहरूलाई समेत मध्यनजर गरी आयोजक केन्द्रीय कमिटी सदस्यहरू प्रतिनिधि बन्ने परम्परा विधिगत मान्यता र कार्यकर्ताको सुझावलाई दृष्टिगत गरी पार्टी यो निर्णयमा पुगेका छ’, खतिवडाको भनाइ छ । यो प्रस्ताव मात्र भएकाले महाधिवेशनको हलबाट पारित भएपछि लागु हुने खतिवडाको भनाइ छ । उनका अनुसार प्रस्ताव पारित भए तीनवटा केन्द्रीय आयोगका सदस्यहरू पनि स्वतः प्रतिनिधि हुनेछन् ।

उनले अरूका हकमा विभिन्न कलस्टर र निर्वाचन क्षेत्रबाट चुनिएर आउने व्यवस्था कायमै रहेको पनि बताए । जसमा आम कार्यकर्ता १२५ बराबर १ जना प्रतिनिधि चुनिनेछन् । त्यसमा दलित, युवा महिला समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको खतिवडाले बताए । खतिवडाले यस्तो बताएपनि केन्द्रीय तहका नेताहरु तलबाट चुनिनुपर्दा हार्ने डरले अघिल्लो निर्णयबाट नेताहरू पछि हटेको एक नेताले बताए । ती नेताले भने, ‘तलबाट पनि निकै दबाब आयो भनियो तर शीर्ष नेताहरू नै हार्ने भएपछि यो प्रस्ताव नेताहरूले गरेका हुन् ।’

एकीकृत समाजवादीको दसौँ महाधिवेशन आगामी असार १६ देखि २० मा काठमाडौँमा हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप