कानुन बनाउने काम सहज छैन : मुख्यमन्त्री कार्की

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कानुन बनाउने काम सहज नभएको बताएका छन् । मुख्यमन्त्री कार्कीले कानुन बनाउने काम गम्भीर रहेको भन्दै शब्द शब्दमा ध्यान दिन आवश्यक रहेको बताए ।
प्रदेशसभा सचिवालयले झापामा आयोजना गरेको प्रदेश तथा स्थानीय तहमा कानुन निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयक कार्यक्रममा बोल्दै उनले कानुन निर्माण गर्दा देशको संविधान अध्ययन गर्न आवश्यक रहेको बताए ।
कतिपय स्थानीय र प्रदेश सरकारले बनाएका कानुन संविधानसँग बाझिने गरी आएको स्मरण गर्दै उनले संविधान अध्ययन गरेर आवश्यक कानुन बनाउन जोड दिए । मुख्यमन्त्री कार्कीले कानुन पढेर मात्रै कानुन बनाउन नजानिने भन्दै कानुन बनाउने काम सबै भन्दा कठिन भएको बताए ।
कानुन निर्माणको लागि सङ्घीयता आएको पछिल्लो ६ सात वर्षको समय पर्याप्त रहेको उल्लेख गर्दै आवश्यक कानुन निर्माण गरी लागू गर्न उनले आग्रह गरे । सुशासनका लागि पनि कानुन अति अवाश्यक भएकोले त्यसतर्फ समेत ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
कानुन बनाएपछि राजश्व उठाउन समेत सहज हुने र त्यसले स्थानीय तह र प्रदेश सरकारलाई समेत विकास निर्माणका लागि बजेट विनियोजन गर्न सहज हुने विश्वास व्यक्त गरे ।
फरक प्रसङ्गमा उनले धार्मिक पर्यटनमा जोड दिनु पर्ने बताए । उनले लुम्बिनी बुद्धिस्टहरूको लागि पवित्र भूमि भएको र त्यहाँ छिमेकी मुलुक चीनबाट मात्रै करोडौँ पर्यटक तान्न सकिने बताए ।
यस्तै पशुपतिनाथ र पाथिभारा दर्शनका लागि छिमेकी मुलुक भारतबाट करोड करोड पर्यटक ल्याउन सकिने उनको भनाइ छ । पर्यटकहरूलाई सहज हुने गरीको राज्यको नीति हुन आवश्यक रहेकोमा उनले जोड दिए।
कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले स्थानीय तहलाई कानुन निर्माणका लागि सहयोग गर्न तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा आरोहणको तयारी सुरु, बाटो बनाउन खटाइए ‘आइसफल डाक्टर’
-
एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा
-
राजावादी सक्रीय भएपछि माधव नेपालको पार्टीले गर्यो सङ्घर्ष गर्ने निर्णय
-
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण
-
विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई
-
फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्यो आर्सनल