१० महिनामा बैंकले कमाए ५३ अर्बभन्दा बढी नाफा

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ६१ खर्ब ९० अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कूल निक्षेप संकलन ६१ खर्ब ९० अर्ब १ करोड ५० लाख रुपैयाँ पुगेको हो ।
यो अघिल्लो महिनाको तुलनामा २६ अर्ब ५० करोड ३० लाख रुपैयाँले बढी हो । चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ६१ खर्ब ६३ अर्ब ५१ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
तर, निक्षेपको आकार बढ्दै गर्दा यता बैंकहरुको लगानीको ग्राफ भने खासै बढ्न सकेको छैन । राष्ट्र बैंककाअनुसार समीक्षा अवधिमा कर्जा लगानी ०.२७ प्रतिशतले घटेर जम्मा ५१ खर्ब ११ अर्ब ७० करोड ६० लाख रुपैयाँ मात्र लगानी गर्न सकेका छन् ।
जबकि अघिल्लो चैत महिनासम्ममा नै बैंकहरुले ६१ खर्ब ६३ अर्ब बढी निक्षेप संकलन गर्दै ५१ खर्ब २५ अर्ब ४९ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेका थिए ।
समीक्षा अवधिमा लगानी बढाउन नसकिरहेका बेला बैंक तथा वित्तीय संस्थाहरूमाथि थप खराब कर्जाको दबाब परेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको औसत खराब कर्जा (एनपीएल) दर ३.९८ प्रतिशत पुगेको छ । अघिल्लो महिना यस्तो एनपीएल दर ३.९६ प्रतिशत रहेको थियो ।
नेपाल राष्ट्र बैंकले राखेको दर अनुसार बैंक तथा वित्तीय संस्थाहरूले गरेका कूल लगानीको ५ प्रतिशत भन्दा तलको खराब कर्जालाई सामान्य मानिन्छ ।
दश महिनामा बैंकहरुले कमाए ५३ अर्ब नाफा
उसो त खराब कर्जा र लगानीको चापकाबिच आर्थिक वर्षको दश महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ५३ अर्ब बढी नाफा कमाउन सफल भएका छन् । राष्ट्र बैंकको रिपोर्ट अनुसार वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कूल ५३ अर्ब ८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
यो अघिल्लो महिनाको तुलनामा १६.८४ प्रतिशतको वृद्धि हो । चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ४५ अर्ब ४३ करोड १० लाख रुपैयाँ नाफा कमाएका थिए ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरु एक्लैले ४८ अर्ब ६० करोड ७० लाख रुपैयाँ नाफा कमाएका छन् भने विकास बैंकहरुले ४ अर्ब १७ करोड ७० लाख रुपैयाँ र अन्य फाइनान्स कम्पनीहरूले २९ करोड ८० लाख रुपैयाँ नाफा कमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान
-
कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन
-
भीमा गुरुङ मृत्यु प्रकरण: एक वर्षपछि फैसला, १५ लाख क्षतिपूर्ति दिनुपर्ने
-
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
-
फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि
-
निरन्तरको कमजोर प्रदर्शनपछि प्ले–अफमा पुग्न सङ्घर्षरत मुम्बई र हैदराबाद आपसमा भिड्दै