सरकारको सय दिनप्रति एमालेको प्रतिक्रिया : नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले सरकारले आफ्नो काममा गति बढाउनुपर्ने बताएका छन् । उनले नागरिकको अपेक्षा सम्बोधन हुनेगरी सरकारले आफ्नो काममा गति बढाउनुपर्ने बताएका हुन् ।
बुधवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले सरकारको सय दिनको कसरी मूल्याङ्कन गर्नु भएको छ भनी प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै प्रमुख सचेतक बर्तौलाले सरकारको सय दिनमा नकारात्मक टिप्पणी गर्ने ठाउँ नभएको बताए । नागरिकमा विद्यमान समस्या समाधान गर्ने सामर्थ्यका साथ सरकारले काम गर्नुपर्ने उनको भनाई थियो ।
प्रमुख सचेतक बर्तौलाले सरकारप्रति नागरिकको ठुलो अपेक्षा भएकाले पनि त्यसलाई सम्बोधन हुने गरी काम गर्नुपर्ने बताए । सरकारले नागरिकको विश्वास जित्न सफल भएको दाबी गर्दै उनले सीमित स्रोत, साधनको बीचमा पनि सरकारले अधिकतम डेलिभरी दिन सकेको पनि बताए ।
प्रमुख सचेतक बर्तौलाले सरकारले आफ्नो सय दिनमा मुलुकको बिग्र्र्र्र्र्र्रँदो अर्थतन्त्रलाई ट्रयाकमा ल्याएको र नागरिकको विश्वास जित्न सफल भएको जिकिर पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूबिच तालमेल नहुने
-
पाथीभरामा यस वर्षकै बाग्लो हिमपात
-
महाकुम्भ स्नानका लागि गएका पूर्वप्रधानाध्यापक सिंहको सवारी दुर्घटनामा मृत्यु
-
नेपाल–भारत सीमा क्षेत्रमा एसएसबीको ज्यादती
-
एउटै वडामा तीन जलविद्युत् आयोजनाको निर्माण सुरु
-
च्याम्पियन्स ट्रफी : अफगानिस्तान दक्षिण अफ्रिकासँग पराजित