बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

रातोपाटी ‘जित्छ कसले : छान्नुहोस्, जित्नुहोस्’ को साप्ताहिक विजेता घोषणा

बुधबार, ३० जेठ २०८१, १७ : ३८
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । नेपालको समेत सहभागिता रहेको टी–२० विश्वकपलाई लक्षित गरेर रातोपाटीले ‘जित्छ कसले : छान्नुहोस्, जित्नुहोस्’ ‘प्रेडिक्ट एन्ड विन’ अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत यस हप्ताका लागि ‘साप्ताहिक विजेता’ को घोषणा गरिएको छ ।

एक हप्ताभरि रातोपाटी एपमा यो अभियानमा सहभागी भई सही उत्तर दिने ८ सय ६९ जनामध्येबाट साप्ताहिक विजेता छनोट गरिएको हो । जसअन्तर्गत एप प्रयोगकर्ता माधव घिमिरे ‘चम्पक’ विजेता घोषित भएका छन् ।

उनले साप्ताहिक विजेताका रूपमा चन्द्रागिरि केबलकारको तर्फबाट दुई वटा टिकट, सेल्सबेरीको १ हजार रुपैयाँ बराबरको सपिङ भौचर र हिमालय एयरलाइन्सको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । यसको साथै फोलिड्रमबाट १० हजार रुपैयाँ बराबरको आधुनिक मेसिनबाट फेसवासको सुविधा पनि प्राप्त गरेका छन् ।

यो साताभरि १२ जना एप प्रयोगकर्ताहरुले दैनिक उपहार पनि जितिसकेका छन् ।

रातोपाटीको ‘जित्छ कसले : छान्नुहोस्, जित्नुहोस्’ अभियान एक महिनाभर रातोपाटीको आधिकारिक एपमा सञ्चालन हुनेछ । यसका लागि प्रयोगकर्ताले एप डाउनलोड गरी सहभागी हुन सक्नुहुनेछ । यस अभियानमा विजेताले बम्पर उपहारको रूपमा दुबईको यात्रा, सामसुङको मोबाइल र टेलिभिजन जित्ने अवसर रहेको छ ।

यस अभियानको मुख्य प्रयोजक एनआईसी एसिया बैंक रहेको छ । यसलाई वाइवाइ, टियागो ईभी, हिरो र बीवाईडीको साथ छ ।

यसका अन्य प्रयोजकमा एलजी, रुप्से होलिडेज, कर्जा सुरक्षण कोष, हिमालय एयरलाइन्स, उप्स, चन्द्रागिरि हिल्स, कोकाकोला, सेल्सबेरी, फोलिड्रम र किंग लङ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप