नेपालसँग ४० मेगावाट बिजुली किन्ने बंगलादेशको निर्णय

काठमाडौँ । बङ्गलादेशको सरकारले नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको छ । बंगलादेशका समाचार संस्थाहरूका अनुसार ‘क्याबिनेट कमिटी अन गभरमेन्ट पर्चेस’ (सीसीजीपी) को बैठकले मंगलबार नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको हो ।
सीसीजीपीको १५ औं बैठकले गरेको निर्णयअनुसार भारतीय प्रसारण लाइन हुँदै नेपालबाट बिजुली लैजाने छ । बंगलादेशका अर्थमन्त्री अब्दुल हसन महमोद अलिले सरकारी समाचार संस्थालाई बताएअनुसार बंगलादेशी पावर डिभिजनको प्रस्तावअनुसार नेपालबाट बिजुली किन्ने निर्णय भएको हो ।
यो निर्णयअनुसार बंगलादेश पावर डेभलपमेन्ट बोर्डले आगामी ५ वर्षका लागि नेपालबाट ४० मेगावाट बिजुली किन्नेछ । यसका लागि नेपाल–भारत–बङ्गलादेशबिच त्रिपक्षीय सम्झौता गर्ने समेत बङ्गलादेशको निर्णय छ ।
जसमा नेपाल विद्युत् प्राधिकरण, भारतको विद्युत् व्यापार निगम लिमिटेड र बङ्गलादेशको बोर्डबिच सहमति हुने बताइएको छ । प्रतियुनिट बिजुलीको मूल्य ८.१७ टाका बताइएको छ ।
यसअनुसार बंगलादेशले आगामी ५ वर्षमा ६ अर्ब ५० करोड टाकाको बिजुली नेपालबाट किन्नेछ । नेपाल र बंगलादेश लामो समयदेखि बिजुली व्यापारको सम्झौता गर्ने तयारीमा छन् ।
तर नेपाल र बङ्गलादेशको बिजुली किनबेचको चाहनामा भारतीय सहयोग आवश्यक पर्छ । सोही कारण दुवै पक्षले भारतीय पक्षलाई त्रिपक्षीय सम्झौताका लागि सहमत गराउने प्रयास गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक बस्दै : के-के छन् कार्यसूची ?
-
प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची
-
भोलेनाथको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
म्यानमार भूकम्प : भग्नावशेषमा पुरिएका थप ४ जनाको ६० घण्टापछि उद्धार
-
आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
इटालियन सिरी’एमा इन्टर र नापोली जित्दा एटलान्टा स्तब्ध