हटेन क्याप्टेन विजय लामामाथिको उडान प्रतिबन्ध
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन विजय लामामाथिको उडान प्रतिबन्ध जारी राखेको छ । गत जुन ३ तारिखमा एक सूचना जारी गर्दै नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन लामासहित नेपाल वायु सेवा निगमका अर्का पाइलट भावना पन्तलाई अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध लगाएको थियो ।
वायु सेवा निगमको वाइड बडी ३३० का पाइलट लामा र न्यारोबडी ३२० का पाइलट पन्तले नागरिक उड्डयन सुरक्षा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा गलत र भ्रामक अभिव्यक्ति दिएको भन्दै प्राधिकरणले दुई पाइलटका बारेमा अध्ययन गर्ने बताउँदै निलम्बन गरेको थियो ।
लामाले केही समयअघि नेपाली हवाई उडान र त्रिभुवन विमानस्थलको बारेमा एक वार्तामा गलत धारणा राखेको बताइएको छ । यता नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले प्राधिकरणले लगाएको उडान प्रतिबन्धबाट पाइलट भावना पन्तको प्रतिबन्ध फुकुवा भइसकेको तर लामाको अझै जारी रहेकाे जानकारी दिए ।
यता प्राधिकरणले पनि क्याप्टेन विजय लामामाथिको अनुसन्धान जारी रहेकाेले उडान प्रतिबन्ध जारी राखिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक