शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
युरो २०२४

युरो २०२४ गुमाउने चर्चित अनुहार

बुधबार, ३० जेठ २०८१, १७ : ०३
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । युरोपेली फुटबलको महाकुम्भ युरो २०२४ यही शुक्रबारदेखि जर्मनीमा सुरु हुँदैछ । प्रतियोगितामा युरोपका महारथी टोलीहरू सर्वोच्च उपाधिका लागि एक महिना लामो प्रतियोगितामा भिड्ने छन् ।

तर, यस पटकको युरोमा केही ठुला नामहरूलाई हेर्न नपाइने भएको छ । केही स्टार खेलाडीहरू घाइते हुँदै प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएका छन् भने केही खेलाडी भने राष्ट्रिय टोलीमा समावेश नै हुन सकेनन् । यहाँ त्यस्ता केही खेलाडीहरूको सूची प्रस्तुत गरिएको छ ।

Francesco ACERBI-italy-20231117-euro 2024 qualifiers

  • फ्रान्चेस्को एचेर्बी (इटाली)

३६ वर्षीय खेलाडीलाई चोटका कारण गुमाउनु इटालीका लागि ठुलो घाटा हुनेछ । इन्टरका सेन्टर ब्याकले इटालीका लागि एलेसान्ड्रो बास्टोनीसँग जर्मनीमा पक्कै पनि सुरुवात गर्ने थिए । तर, ग्रोइनको समस्याका कारण उनले शल्यक्रिया नै गर्नुपरेपछि उनले यसपटक युरो खेल्न पाउने छैनन् ।

GOAL_-_Blank_WEB_-_Facebook_(1)

  • डेभिड अलाबा (अस्ट्रिया)

यो सिजन एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिने रियल मड्रिडका तीन खेलाडीमध्ये एक थिए अलाबा । थियाबट कोर्टवा र एडर मिलिटाओ सिजनको अन्त्यमा मैदानमा फर्किए पनि उनले सो अवसर पाएनन् । अस्ट्रियन डिफेन्डर गत डिसेम्बरमा भिल्लेरियालविरुद्धको खेलमा घाइते भएका थिए । उनी युरोमा राष्ट्रिय टोलीका लागि खेल्न सक्ने छैनन् ।

GOAL_-_Blank_WEB_-_Facebook_-_2024-03-03T214630.671

  • डोमेनिको बर्राडी (इटाली)

एउटा चोटबाट मुक्त हुँदै मैदानमा फर्किएको पहिलो खेलमा नै बर्राडी पुनः चोटग्रस्त हुन पुगे । गत मार्च ३ मा इटालियन लिगमा सासुलो र भेरोनाबिचको खेलमा उनको दाहिने खुट्टामा चोट लागेको थियो । भर्सटाइल फरवार्ड सन् २०२० मा इटालीको युरो विजेता टोलीमा समावेश थिए । उनी अर्को वर्षमात्र मैदान फर्कन सक्ने अपेक्षा गरिएको छ ।

GettyImages-2053723648

  • स्भेन बोटम्यान (नेदरल्यान्ड्स)

नेदरल्यान्ड्सलाई सेन्टर ब्याकमा विकल्पहरूको कमी त छैन । तर, बोटम्यानको अनुपस्थिति टोलीका लागि ठुलो घाटा हुनसक्छ । गत मार्च १६ मा म्यानचेस्टर सिटीविरुद्धको खेलमा न्युक्यासलका डिफेन्डरको एसीएलमा चोट नलागेको भए उनी पक्कै पनि युरोमा टोलीको सुरुवाती ११ मा हुने थिए ।

GOAL_-_Blank_WEB_-_Facebook_-_2024-03-08T125024.711

  • थियाबट कोर्टवा (बेल्जियम)

कोर्टवालाई प्रिसिजनमा एसीएलमा चोट लागेको थियो । पछि मार्च १९ मा उनलाई थप अर्को चोट लाग्यो । उनी मे ४ मा क्याडिजविरुद्धको ला लिगाको खेलमा रियल मड्रिडको टोलीमा फर्किएका थिए । 

तर, उनी युरो २०२४ मा बेल्जियमको टोलीमा हुने छैनन् । उनी र प्रशिक्षक डोमेनिको टेडेस्कोबिच सम्बन्ध चिसिएको छ । उनलाई युरो खेल्ने बेल्जियमको टोलीमा समावेश नै गरिएन ।

यसअघि प्रशिक्षक टेडेस्कोले कोर्टवाले एस्टोनियाविरुद्धको युरो २०२४ को छनोट खेल जानाजान गुमाएको आरोप लगाएका थिए । जवाफमा कोर्टवाले सामाजिक सञ्जालमार्फत टेडेस्को झुटो भएको जिकिर गरेका थिए । टेडेस्को नेतृत्वमा रहेसम्म उनी राष्ट्रिय टोलीमा फर्कने सम्भावना कम छ ।

GettyImages-1789574582_(1)

  • मार्टेन डे रुन (नेदरल्यान्ड्स)

एटलान्टालाई युरोपा कपको फाइनलसम्म पुर्‍याउन प्रमुख भूमिका खेलेका मोर्टेनले फाइनल खेल चोटका कारण गुमाउन पुगेका थिए । अहिले त्यही चोटले उनले युरो कप पनि गुमाउनुपरेको छ ।

GettyImages-2156164047 (1)

  • फ्रांकी डी योङ (नेदरल्यान्ड्स)

डी योङले युरो २०२४ खेल्न सक्ने कुनै ग्यारेन्टी थिएन । तैपनि प्रशिक्षक रोनाल्ड कुमनले उनलाई टोलीमा समावेश गरेका थिए । जबकि खुट्टाको चोटका कारण युवा मिडफिल्डरले गत अप्रिलदेखि बार्सिलोनाका लागि कुनै पनि खेल खेलेका थिएनन् । युरोको केही दिनअघि २७ वर्षीय खेलाडीले टोलीबाट आफ्नो नाम फिर्ता लिए ।

ferguson_bologna

  • लेविस फर्गुसन (स्कटल्यान्ड)

बोलोग्नालाई अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट गराउन दाबेदारी प्रस्तुत गर्ने क्रममा लेविस फर्गुसनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । अट्याकिङ मिडफिल्डरमाथि युभेन्टस र नापोलीजस्ता क्लबले रुचिसमेत देखाएका थिए । गत २४ वर्षीय खेलाडी गत अप्रिल १३ मा मोन्जाविरुद्धको खेलमा घाइते हुन पुगे । योसँगै उनको युरो खेल्ने सपना चकनाचुर बन्यो ।

GOAL_-_Blank_WEB_-_Facebook_-_2023-11-20T094711.730

  • गाभी (स्पेन)

गत नोभेम्बरमा जर्जियाविरुद्धको युरो २०२४ को छनोट खेलमा क्रममा गाभी घाइते भएका थिए । बार्सिलोनाले महत्त्व नै नभएको छनोट खेलमा गाभीलाई खेलाएर घाइते बनाएको भन्दै स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेमाथि आरोप लगाएका थिए । भालाडोलिडमा भएको खेलको २४ औँ मिनेटमा गाभी घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए । उनको दाहिने खुट्टाको एसीएलमा चोट लागेको छ ।

GOAL_-_Blank_WEB_-_Facebook_(6)

  • सर्जी ग्नाब्री (जर्मनी)

च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्धको सेमिफाइनल खेलको दोस्रो लेगमा ग्नाब्री घाइते भएका थिए । २७ मिनेटमा नै उनको ह्यामस्ट्रिङमा चोट लागेको थियो । चोटग्रस्त भएसँगै युरो खेल्ने उनको सपनामा ब्रेक लाग्यो ।

Jack Grealish England 2024

  • ज्याक ग्रिलिस (इंग्ल्यान्ड)

ग्रिलिस युरो २०२४ मा इंग्ल्यान्डको टोलीमा नै पर्न सकेनन् । पछिल्लो सिजन विंगरले राम्रो खेल नै प्रदर्शन गर्न सकेनन् । सिटीका लागि उनले ३६ खेलमा ३ गोल र ३ एसिस्ट मात्र गर्न सके । १० करोड पाउन्डमा खरिद गरिएका खेलाडी सिटीमा पनि सुरुवाती ११ मा पर्न छाडेका छन् ।

GOAL_-_Blank_WEB_-_Facebook_-_2024-03-11T155832.644

  • जोर्डन हेन्डरसन (इंग्ल्यान्ड)

प्रिमियर लिग छाडेर साउदीको अल–इत्तिफाक जाने निर्णय हेन्डरसनका लागि ठुलो घाटा भयो । सिद्धान्तभन्दा पैसालाई प्राथमिकता दिएको भन्दै उनको ठुलो आलोचना भयो । साउदी पुगेको छ महिनामा नै उनी युरोप फर्किएर आयाक्ससँग आबद्ध भए पनि भेटरान मिडफिल्डरले आफ्नो करियर पुनरुत्थान गर्न सकेनन् । उनी इंग्ल्यान्डको टोलीमा नै अटाउन सकेनन् ।

1

  • लुकास हर्नान्डेज (फ्रान्स)

लुकास हर्नान्डेजको सन् २०२२ को विश्वकप अभियान मात्र १३ मिनेट टिकेको थियो । अस्ट्रेलियाविरुद्धको सुरुवाती खेलमा नै उनको एसीएलमा चोट लागेको थियो । अहिले बोरिसिया डर्टमन्डविरुद्धको च्याम्पिन्यस लिगको सेमिफाइनल खेलको पहिलो लेगमा सोही चोट बल्झिएपछि उनले युरो गुमाउने भएका छन् । २८ वर्षीय खेलाडी सन् २०२५ सम्म मैदान बाहिर रहनेछन् ।

hummels

  • म्याट ह्युमल्स (जर्मनी)

यो सिजन च्याम्पियन्स लिगमा सबैभन्दा उत्कृष्ट डिफेन्डर थिए ह्युमल्स । बोरुसिया डर्टमन्डलाई अप्रत्यासितरुपमा फाइनलसम्म पुर्‍याउन उनले ठुलो भूमिका खेलेका थिए । अन्तिम ४ मा पेरिस सेन्ट जर्मेनविरुद्ध उनी प्लेयर अफ द म्याच नै बनेका थिए । तर, जर्मनीका प्रशिक्षक जुलियन नेगल्सम्यानले उनलाई टोलीमा समावेश नै गरेनन् । 

GettyImages-1813556755

  • रिस जेम्स (इंग्ल्यान्ड)

गत फेब्रुअरीमा जेम्सले कम्ब्याक गर्ने दाबी गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । तर, मेको मध्यसम्म उनी मैदानमा फर्कन सकेनन् । उनको पुनरागमन पनि सुखद हुन सकेन । दोस्रो खेलमा नै उनले रातो कार्ड पाएर मैदान छाड्नपर्‍यो । पूर्णरुपमा फिट नभएका २४ वर्षीय खेलाडीलाई गेराथ साउथ गेटले युरो खेल्ने टोलीमा समावेश गर्न चाहेनन् ।

GOAL - Blank WEB - Facebook - 2024-06-03T081604.938

  • ह्यारी म्यागवायर (इंग्ल्यान्ड)

टोलीमा उत्कृष्ट सेन्टर ब्याकको कमीका कारण म्यागवारले युरो २०२४ मा टोलीको सुरुवाती ११ मा पर्ने सम्भावना धेरै थियो । यता लिगको दोस्रो हाफमा पनि उनले सुधारिएको प्रदर्शन गरेका थिए । यद्यपि, खुट्टामा चोट लागेपछि उनले युरो खेल्न नपाउने भएका छन् ।

GOAL_-_Blank_WEB_-_Facebook_-_2024-04-02T121909.720

  • क्रिस्टोफर एनकुन्कु (फ्रान्स)

चेल्सीमा उत्कृष्ट प्रदर्शन गरिरहेका फरवार्डलाई लगातार चोट लागिरहने समस्या भारी परेको छ । प्रि-सिजनमा चोटग्रस्त हुँदै शल्यक्रिया गरेका उनी चार महिनापछि मैदानमा फर्किएका थिए । खेलमा फर्किएपछि उत्कृष्ट देखिएका उनी जनवरीमा पुनः घाइते भए । एक महिनापछि उनको ह्यास्ट्रिङमा पुनः समस्या देखियो । प्रशिक्षक डिडिएर डेसच्याम्पस्ले उनीमाथि जुवा खेल्न चाहेनन् ।

Goal_HIC_-_LinkedIn_(3)

  • पाउल पोग्बा (फ्रान्स)

गत अगस्तमा प्रतिबन्धित पदार्थ प्रयोग गरेको पाएपछि पोग्बामाथि चार वर्षको प्रतिबन्ध लागेको छ । मिडफिल्डरले आफूले जानाजान उक्त पदार्थ प्रयोग नगरेको दाबी गर्दै आएका छन् । यो प्रतिबन्ध नउल्टाए उनले अब फेरि युभेन्ट्स वा फ्रान्सका लागि खेल्न पाउने छैनन् ।

Marcus-Rashford

  • मार्कस रासफोर्ड (इंग्ल्यान्ड)

सन् २०२२ को विश्वकपमा इंग्ल्यान्डका लागि राम्रो प्रदर्शन गरेका रासफोर्ड युरोका लागि इंग्ल्यान्डको टोलीमा पर्न सकेनन् । म्यानचेस्टर युनाइटेडका फरवार्डले गत सिजन क्लबका लागि ४३ खेलमा मात्र ८ गोल गर्न सकेका थिए । 

sterling

  • राहिम स्टर्लिङ (इंग्ल्यान्ड)

महत्त्वपूर्ण खेलमा इंग्ल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका स्टर्लिङले युरो २०२० मा टोलीलाई फाइनलसम्म पुर्‍याउन ठुलो भूमिका खेलेका थिए । गत सिजनको सुरुवातमा चेल्सीका लागि राम्रो प्रदर्शन गरेका उनको फर्म सिजनको उत्तरार्द्धमा खस्किएको थियो । २९ वर्षीय खेलाडीमाथि चेल्सीका समकक्षी कोल पाल्मर हाबी भएपछि उनी टोलीमा अटाउन सकेनन् ।

timbner

  • जुरिएन टिम्बर (नेदरल्यान्ड्स)

प्रि-सिजन र कम्युनिटी सिल्डमा राम्रो प्रदर्शन गरेका टिम्बर आर्सनलका लागि प्रिमियर लिगमा डेब्यू गरेको खेलमा नै घाइते हुन पुगेका थिए । नटिङह्याम फरेस्टविरुद्ध २–१ को जित हासिल गर्ने क्रममा एसीएलको चोट लागेका डच डिफेन्डरको सिजन समाप्त भएको मानिएको थियो । तर, उनी अप्रिल २२ मा मैदानमा फर्किए । सिजनको अन्तिम खेलमा टोलीमा समावेश भए पनि रोनाल्ड कुमनले २२ वर्षीय खेलाडीलाई युरो टोलीमा समावेश गर्न चाहेनन् ।

sandro

  • सान्ड्रो टोनाली (इटाली)

एसी मिलानबाट न्युक्यासल आएका टोनाली सन् १९८० यताकै इटालियन फुटबलको ठुलो सट्टेबाजी स्क्यान्डलमा फसे । अवैध सट्टेबाजीमा संलग्न रहेको आरोपमा उनलाई सन् २०२३, अक्टोबर २७ देखि लागू हुने गरी १० महिनाका लागि प्रतिबन्धित गरियो । यसले गर्दा मिडफिल्डरले युरो खेल्न नपाउने भएका छन् ।

ben white

  • बेन ह्वाइट (इंग्ल्यान्ड) 

सन् २०२२ को विश्वकपमा व्यक्तिगत कारण देखाउँदै इंग्ल्यान्डको टोली छाडेका उनले त्यसयता राष्ट्रिय टोलीका लागि खेलेका छैनन् । गत मार्चमा ब्राजिल र बेल्जियमको मैत्रीपूर्ण खेलमा आर्सनलका खेलाडीलाई गेराथ साउथगेटले खेल्न बोलाएका थिए । तर, उनले आर्सनलका स्पोर्टिङ निर्देशकमार्फत टोलीका लागि उपलब्ध नभएको खबर पठाए । साउथगेटले आफूले ह्वाइटका लागि आफूले ढोका खुला राखे पनि उनी आफै अनिच्छुक देखिएको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप