नेपाल बैंक लिमिटेड र जलजला बहुमुखी क्याम्पसबिच कर्जासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल बैंक लिमिटेड र रोल्पास्थित जलजला बहुमुखी क्याम्पसबिच क्याम्पसमा अध्यापनरत स्थायी प्राध्यापक तथा कार्यरत कर्मचारीहरूलाई बैंकको सेवाग्राही कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल बैंक लिमिटेडको तर्फबाट बैंकको लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख सुशील कुमार नेपाल र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख खिम बहादुर खड्का क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
क्याम्पस प्रमुख खड्का क्षेत्रीले नेपाल बैंक लिमिटेडले प्रदान गर्दै आइरहेको समयसापेक्ष उत्कृष्ट वित्तीय सेवाहरूबाट आफूहरू सन्तुष्ट र उत्साहित रहेको बताए । बैंकको तर्फबाट प्रदेश प्रमुख नेपालले क्याम्पसले आफ्नो वित्तीय कारोबारहरू बैंकको डिजिटल बैंकिंङ मार्फत सञ्चालन गर्न अनुरोध गर्दै क्याम्पस परिवारसँग वित्तीय सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे ।
उक्त कार्यक्रममा बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका उपप्रबन्धक कुलराज घिमिरे, बैंकको रोल्पा शाखाका शाखा प्रबन्धक बिष्णु पाण्डे, क्याम्पस उप.प्रा.÷संयोजक श्याम बुढा मगर लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा