भारतमा १८औँ लोकसभाको पहिलो सत्र जुन २४ मा सुरू हुने
बुधबार, ३० जेठ २०८१, १५ : ५८
नयाँदिल्ली । नवनिर्वाचित सदस्यहरूको शपथ र पुष्टिका लागि भारतको १८ औँ लोकसभाको पहिलो सत्र जुन २४ देखि सुरू हुने र जुलाई ३ मा समापन हुने केन्द्रीय संसदीय मामिला मन्त्री किरेन रिजिजुले बुधबार बताएका छन् ।
राज्यसभाको २६४ औँ सत्र पनि जुन २७ देखि सुरु भएर जुलाई–३ मा समापन हुने उनले बताए ।
नवनिर्वाचित सदस्यहरूको शपथ र पुष्टि, अध्यक्षको निर्वाचन, राष्ट्रपतिको सम्बोधन र त्यसमाथि छलफलका लागि १८औँ लोकसभाको पहिलो सत्र सन् २०२४ जुन २४ देखि जुलाई ३ सम्मका लागि बोलाइएको छ ।
राष्ट्रपति द्रौपदी मुर्मूले जुन २७ मा लोकसभा र राज्यसभाको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् ।रासस/एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कोनको बुढानीलकण्ठ जग्गा विवादमा जिल्ला अदालतले मगायो प्रमाण र लिखित जवाफ
-
वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ
-
ट्रम्पको मन्त्रीपरिषदमा मनोनीत सदस्यलाई बम हान्ने धम्की