प्रधानमन्त्रीले १० पटक फोन गर्दासमेत कर्मचारीले टेर्दैनन् : सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री प्रचण्डको निर्देशन समेत कर्मचारीले नमान्ने अवस्था रहेको बताएका छन् ।
नेपाल समाजवादी पार्टी (नेसपा) को पार्टी स्थापना दिवसको अवसरमा बुधवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले १० वर्ष जनक्रान्ति गरेर राजनीतिक र सामाजिक परिवर्तन ल्याएका प्रधानमन्त्री प्रचण्डलाई समेत कर्मचारीले नटेर्ने गरेको उनको भनाइ थियो ।
राउतले भने, ‘दश वर्षमा माओवादीले ठुलो जनक्रान्ति गर्यो । राजनीतिक र सामाजिक धेरै परिवर्तन आए । क्रान्तिको नेतृत्व गरेका प्रचण्ड अहिले प्रधानमन्त्री छन् । मेरै अगाडि प्रधानमन्त्रीले १० पटक कर्मचारीलाई फोन गर्दा टेर्दैनन् । त्यस्तो अवस्था छ, राज्य संयन्त्रको । त्यसका लागि सडकबाट नै आन्दोलन गर्नुपर्छ ।’
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै विकृतिसमेत बढेको राउतको भनाइ थियो । विकृति हटाउन अब प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक तथा प्रत्यक्ष निर्वाचित संसद् हुनुपर्नेमा राउतले जोड दिए ।
‘सङ्घीय लोकतान्त्रिक व्यवस्था स्थापना भयो तर विकृति पनि छ । राजनीतिक अस्थिरता बढ्यो । प्रदेश सरकार समेत हप्तैपिच्छे ढल्ने हो कि भन्ने चिन्ता छ ’, उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएमा ढुक्कले पाँच वर्ष शासन चलाउन पाइन्छ ।’
उनले आफ्नो पार्टी र नेसपाबिच धेरै समानता भएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु