जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवीयता देखायो : सांसद कंसाकार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्द्यबासिनी कंसाकारले जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवीयता भएको बताएकी छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
सांसद कंसाकारले सरकारले बजेटमा जलनमा परेका हजारौँ नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट समेत गरिन् । उनले जलनबाट घाइते हुनेहरुको सख्या हेर्ने हो भने जलनबाट पीडित हुनेमा महिला बालबाकालिका तथा ज्येष्ठ नागरिकको सख्या धेरै हुँदा पनि मन्त्रालयले प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टि जनाइन् ।
उनले जलन मानवको सृष्टिसँगै सुरु भएको परम्परागत दुर्घटना भएको भन्दै केही अपराधमार्फत हुने भएपनि अधिकांश जलन दुर्घटनाबाट हुने गरेको बताइन् । उनले आफैँले जलनको पीडा भोगेकाले त्यसको पीडा शब्दमा वर्णन गर्न नसक्ने बताइन् ।
सांसद कंसाकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा सयौँ पटक जलनको उपचार गर्ने जलन अस्पताल खोल्छु भने पनि बजेटको प्राथमिकतामा नपर्दा नेपालका सबै जलन पीडितलाई दुःखी तुल्याएको बताइन् । उनले सरकारका अस्पतालहरूमा जलन कक्ष भए पनि प्रर्याप्त नभएको बताइन् । उनले जलनको उपचार धेरै महँगो भएकाले जलन दुर्घटनामा मृत्यु हुने भुईमान्छेहरु धेरै रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी