राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव हुँदैनः सांसद प्रधान
बुधबार, ३० जेठ २०८१, १४ : २२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव नहुने बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव नहुने बताएका हुन् । प्रधानले राष्ट्रिय सुरक्षाको लागि नेपाली नागरिक पनि उभिनुपर्ने बताए ।
उनले यसका लागि राष्ट्रिय सेवा दलको अभ्यासको दायरालाई बढाउनुपर्ने बताए ।
उनले भने, ‘आवश्यक पर्दा राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव हुँदैन । नेपाली नागरिकपनि उभिनुपर्ने अवस्था आउनसक्ने अवस्थालाई तयारी गर्ने क्रममा राष्ट्रिय सेवा दलको अभ्यासलाई यसको दायरा बढाउनुपर्ने सल्लाह दिन चाहन्छु ।’
उनले विकसित सूचना प्रविधिको अध्ययन तथा अध्यापन गराउनुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मोहर’को फस्टलुक रिलिज, यस्तो छ पल, बेनिशा र नीतिको गेटअप
-
दक्षिण कोरियामा नेपाली कामदारलाई आत्महत्या गर्न बाध्य पार्ने मालिक पक्राउ
-
‘जार’मा बाघको अभिनयका लागि कति भयो खर्च ?
-
फिल्म ‘पिताम्बर’हेरेपछि चलचित्रकर्मीले गरे निर्देशक कृषाको तारिफ
-
मिथिलामा बटुवालाई सातु र सर्वतले स्वागत
-
ब्याट्सम्यानको खुट्टा भासिने पिचदेखि ६१ बलमा सकिएको ज्यानमारा टेस्टसम्म