प्रचण्डमाथि रेशमको व्यङ्ग्य– गीतमा मोडल बनाउन मन लागेको छ
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि व्यङ्ग्य गरेका छन् । बुधवार नेपाल समाजवादी पार्टी (नेसपा)को स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो गीतमा मोडल (कलाकार) बनाउन चाहेको भन्दै व्यङ्ग्य गरेका हुन् ।
देश र जनताको अवस्था दयनीय हुँदासमेत प्रधानमन्त्री प्रचण्ड फोटो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्नेमा मात्र सीमित भएको उनले आरोप लगाए । ‘हाम्रा प्रधानमन्त्री धेरै फुर्सदिला छन् । प्रधानमन्त्रीलाई गीतको मोडल बनाएर खेलाउन मन लागेको छ । म त फिल्मको डाइरेक्टर पनि हुँ । देशको विकास र जनताको अवस्था के छ ? उहाँ क्लिक फोटो खिच्यो, ट्याक्क ट्याक्क पोस्ट गर्यो । म खेती गर्दै छु अहिले खै मल ?’, प्रधानमन्त्रीमाथि उनले व्यङ्ग्यात्मक शैलीमा प्रश्न गरे ।
यस्तै १० हजार जनप्रतिनिधि जम्मा भएर गरिएको नाउपाको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध घोषणा गरेकोमा पनि उनले आक्रोश पोखे । ‘१० हजार जनप्रतिनिधि जम्मा भएर एक लाख ३९ हजार जनता भेला भएर गरेको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध भन्दियो’, आक्रोश पोख्दै उनले भने, ‘महाधिवेशन नै नगर्नेहरू वैध, लाखौं जनता भेला भएर गरेको महाधिवेशन अवैध बडो अचम्म ।’
टिकापुर घटनामा जबरजस्ती दोषी बनाइएकालाई क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्ती गर्न उनले गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण
-
खाने होइन त सिन्धुलीको जुनार ? (फोटोफिचर)
-
मूल्य वृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो : जनार्दन शर्मा
-
४ अर्ब ४९ करोड बचत रकम फिर्ता गरिदिन माग गर्दै काठमाडौँ महानगरपालिकामा निवेदन
-
१२ घण्टा लोडसेडिङ भन्ने कुरामा सत्यता छैन : हरि ढकाल