झुटो मुद्दाले घर नै लिलाम गर्नुपर्ने अवस्थामा पुगे यी अभिनेता
![झुटो मुद्दाले घर नै लिलाम गर्नुपर्ने अवस्थामा पुगे यी अभिनेता](https://npcdn.ratopati.com/media/news/capture_beKvFZjA6S.png)
लस एन्जलस । दुई पटकका ओस्कर विजेता हुन् हलिउडका चर्चित अभिनेता केभिन स्पेसी । केही वर्ष अघि उनमाथि यौन उत्पीडनका कयौँ आरोप लागेका थिए । गएको वर्ष उनी सबै आरोपबाट मुक्त भए । यौन उत्पीडन र अनुचित व्यवहारका कुनै पनि मामिलामा उनी दोषी भेटिएनन् ।
तर उनीमाथि लागेको आरोपका कारण अभिनेता कङ्गाल बनेका छन् । स्पेसीले पछिल्ला कयौँ वर्षहरू अदालतको चक्कर काटेर बिताए । कानुनी फिसको खर्च पनि थुप्रै आएको थियो । अब अवस्था यस्तो भएको छ कि अभिनेता ऋणमै चुर्लुम्म डुबेका छन् । अहिले पनि दसौँ लाख डलर कानुनी फिस पनि तिर्न बाँकी छ ।
बक्यौता बिल तिर्न नसकेपछि अभिनेता बस्दै आएको घर जफत गरिएको छ । सो घरको लिलाम विक्री हुन लागेको छ । आफूसँग अब पैसै नभएको उनी बताउँछन् ।
सन् २०१७ मा मिटू आन्दोलन छेडिएपछि स्पेसीमाथि यौन उत्पीडन र अनुचित व्यवहार गरेको आरोप लागेको थियो । यसबाहेक चार जनाले उनीमाथि उत्पीडनको नौ वटा आरोप लगाएका थिए । तर यीमध्ये कुनै पनि आरोपमा अभिनेता दोषी भेटिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह
-
श्रमजीवी पत्रकार संघद्वारा आन्दोलन घोषणा