उपेन्द्र यादवको अभिव्यक्तिबारे राप्रपा नेतृ खुश्बु ओलीको प्रतिक्रिया
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनकपुरमा जारी महाधिवेशनमा दिएको अभिव्यक्तिलाई राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ खुश्बु अोलीले खण्डन गरेकी छन् ।
जेठ २८ गते महाधिवेशनको उद्घाटन सत्रमा जसपा नेपालका अध्यक्ष यादवले दिएको अभिव्यक्तिको भिडियो रातोपाटीमा प्रसारण भएको छ । सो भिडियोलाई सेयर गर्दै नेतृ ओलीले भिडियोमार्फत नै अध्यक्ष यादवलाई जवाफ दिएकी छन् ।
जसपा नेपालका अध्यक्ष यादवले हिन्दीमा अभिव्यक्ति दिएका छन् । नेतृ ओलीले पनि हिन्दीमै जवाफ दिएकी छिन् ।
जसपा नेपालका अध्यक्ष यादवले समावेशी लोकतन्त्र कमजोर भएको र शासक वर्गले त्यसलाई अन्त्य गर्न चाहेको अभिव्यक्ति दिएका छन् । अध्यक्ष यादवले वैदेशिक ऋण बढेको र त्यसैका कारण देशको प्रगति नभएको बताएका थिए । उनले विभेदमा परेकोविरुद्ध अझै सङ्घर्ष जारी रहने बताएका थिए ।
त्यसको जवाफमा नेतृ ओलीले देशमा जे जति भएका छन्, तपाईंहरूकै कारणले भएको भन्दै जवाफ दिएकी छन् । अध्यक्ष यादवकै कारण भ्रष्टाचारतन्त्र र परिवारतन्त्र स्थापित भएको आरोप लगाउँदै उनले राजशाही समाप्त गरेर सानासाना दलाल स्थापित गराएको टिप्पणी गरेकी छन् ।
उपेन्द्र यादव र खुश्बु ओलीको अभिव्यक्ति जस्ताको त्यस्तैः
उपेन्द्र यादवको भनाइ
नेपाल आर्थिक रूपले कमजोर मुलुक बनेको छ । सबैभन्दा बढी ऋण लिने देशमा गिन्ती हुन्छ । अनि प्रगति कसरी हुन्छ ? यसका लागि हामीले वर्षौंदेखि लडिरहेका छौँ ।
जुन लडाइँका कारण नेपालमा लोकतन्त्रको बहाली भयो, राजशाहीको अन्त्य भयो र लोकतन्त्रको स्थापना भयो, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । आज केही हदसम्म समावेशीता छ तर यो यति कमजोर भएको छ कि शासक वर्ग चाहन्छ कि यसलाई उखालेर फ्याँकी दिउँ । हामी चाहन्छौँ कि जो अधिकार प्राप्त भएको छ, त्यसलाई बचाएर सशक्त गरौँ । जो बाँकी छ, त्यसका लागि हामी सङ्घर्षका लागि अघि बढौँ ।
हाम्रो सङ्घर्ष, विभेद र समानता समाप्त पार्नका लागि हाम्रो सङ्घर्ष जो वहिष्करणमा परेका छन्, जो विभेदमा परेका छन्, जो एक्सक्लुजनमा परेका छन् । त्यो समाजलाई स्थापित गरी त्यसलाई अधिकार सम्पन्न बनाउनु र उहाँलाई शासन, प्रशासन र देशको नीति निर्माणमा उनको भागिदारीको सुनिश्चित गराउनका लागि सङ्घर्ष निरन्तर जारी रहने छ ।
जबसम्म हामीले यो विभेदलाई जातको आधारमा विभेद, वर्गको आधारमा विभेद, सामाजिक विभेदीकरण, जबसम्म यी सबै विभेदलाई समाप्त गर्दैनौँ, तबसम्म समाजवादको निर्माण हुनसक्दैन ।
खु्श्बु ओलीको प्रतिक्रिया
उपेन्द्रजी, तपाईंको भिडियो हेरेर मैले थाहा पाइसकेको छु कि तपाईंलाई थाह छ कि तपाईंहरूले विकास नगरेको कारणले नेपाल हाम्रो देश दरिद्रको अवस्थामा छ । तपाईंले यो पनि स्वीकार गर्नुभएको छ कि वैदेशिक ऋण सबैभन्दा बढी छ । तर तपाईंले यो कुरा जनतालाई भन्न बिर्सिनु भयो कि जबदेखि तपाईंहरूको यो कथित काला गणतन्त्र यो देशमा स्थापित भएको छ, त्यो बेलादेखि वैदेशिक ऋण सबैभन्दा बढी वृद्धि भएको छ ।
तपाईंले आफ्नो भिडियोमा यो पनि भन्नुभएको छ कि तपाईंले यो लडाइँ लडेर लोकतन्त्रलाई स्थापित गर्नुभएको छ, लोकतन्त्रको बारेमा त मलाई थाहा छैन, यो देशमा तपाईंहरूको कारणले भ्रष्टाचारतन्त्र र परिवारतन्त्र स्थापित भएको छ । र, तपाईंले कति आरामले भन्नुभयो कि राजशाहीलाई हामी समाप्त ग-यौँ । राजशाहीलाई समाप्त गरेर तपाईंले के गर्नुभयो ? दलाल शाही, एउटा राजालाई हटाएर तपाईंहरूले हजारौँ साना दलाल स्थापित गर्नुभएको छ ।
समावेशीका लागि तपाईंले त कुरै नगर्नुस् । यसले सिर्फ जातिवाद दिएको छ । पटकपटक तपाईंले यो कुन शासक वर्गलाई दोष दिइरहनु भएको छ ? किनकि धेरैपटक तपाईं पनि मन्त्री बन्नुभयो मधेसबाट । उपप्रधानमन्त्री पनि तपाईं दुई पटक बनिसक्नु भएको छ । कुन शासक वर्गलाई दोष दिइरहनु भएको छ ? तपाईं आफैँलाई दोषी देखाउनुस् । तपाईंले त सङ्घर्षको कुरा त गर्दै नगर्नुस् । तपाईंले सङ्घर्ष मधेसीका लागि, भूमिपुत्रका लागि गर्नु नै भएको छैन । तपाईंले आफ्नो पद र कुर्सी बचाउनका लागि गर्नुभएको छ ।
तपाईंले विभेदको पनि कुरा गर्नुभएको छ । तपाईंले विभेदको नाममा देशलाई यति लुट्नु भएको छ कि मधेसको हक अधिकारको मुद्दा नै समाप्त गर्दिनुभयो । कति जनाले सहादत दिएपछि मधेसलाई तपाईंहरूले समृद्ध गर्नुहुन्छ ? मलाई अच्चम लाग्छ नेताहरूले यति कन्भिन्सिङ तरिकाले झुठो बोल्नु हुन्छ । उहाँहरूले यो भाषण दिइसकेपछि हाँस्नु हुन्छ होला, यसरी झुक्याएँ भनेर ।
उपेन्द्र यादवजीलाई मेरो जवाफ https://t.co/IMxU6XrNdL pic.twitter.com/BNZENB50rT
— Khusbu Oli (@khusbu_oli) June 12, 2024
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा
-
एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
-
कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश
-
‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन विदा’ दिने प्रस्ताव