जल सङ्कटमा दिल्ली
बुधबार, ३० जेठ २०८१, १२ : ५०
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा यतिबेला जल सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ । यसलाई ध्यानमा राख्दै दिल्ली सरकारले सबै क्षेत्रहरूमा अतिरिक्त जिल्ला मजिस्ट्रेट र डिभिजनल मजिस्ट्रेट स्तरका अधिकारीहरू खटाएको छ ।
यसको साथै हसीलदार र अन्य अधिकारीहरूको टोली पनि खटाइएको छ । यिनहरूले ‘द्रुत प्रतिक्रिया टोली’को रूपमा काम गर्नेछन् । यी टोलीहरूले खानेपानीको समस्या र पानीको ट्याङ्कीसम्बन्धी गुनासो तत्काल समाधान गर्नेछन् ।
दिल्लीका जलमन्त्री आतिशीले मुख्य सचिवलाई पत्र लेखेर मुख्य जल वितरण प्रणालीको अनुगमन र निरीक्षण सुनिश्चित गर्न निर्देशन दिएकी छिन् । यी टोलीले पानीको चुहावट नहोस् भनेर मुख्य खानेपानी पाइपलाइनको पनि निरीक्षण गर्ने बताइएको छ । पानी चुहिएमा १२ घण्टाभित्र मर्मत गर्न निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणको पत्रले जगदम्बा स्टिल र मारुती सिमेन्टको आईपीओ तत्काल जारी नहुने
-
प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस
-
कलाकार श्रीकृष्णको नयाँ गीत ‘घाँस दाउरा पानी’ सार्वजनिक
-
सरकारी गाडी प्रयोग गरेर उपनिर्वाचनमा मत मागेको भन्दै स्थानीयकाे अवरोध
-
ऐश्वर्याले किन हटाइन् बच्चन थर ?
-
सावेल प्रहार गरी साथीको हत्या गरेको अभियोगमा एकजना पक्राउ