बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

तथ्याङ्कमा अस्ट्रेलियाको रेकर्ड जित

बुधबार, ३० जेठ २०८१, १२ : ३९
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटको बुधबार खेलिएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले हराएको छ । जितसँगै अस्ट्रेलिया नवौँ विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने दोस्रो टोली पनि बनेको छ ।

क्यारेबियन राष्ट्र एन्टिगुआको सर भिभियन रिचर्डस स्टेडियममा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले १७ ओभरमै अलआउट हुनुअघि ७२ रनमात्र बनाउन सक्यो । सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ५.४ ओभरमा केवल एक विकेट गुमाएर ७४ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।

यस खेलमा थुप्रै रेकर्डहरु बनेका छन् । यस्ता छन् केही रेकर्ड :

  • ८६ – अस्ट्रेलियाको ७३ रनको लक्ष्य पछ्याउँदा बाँकी रहेको बलको सङ्ख्या । बल बाँकी रहेको अवस्था कुनै पनि टोलीले टी–२० विश्वकपमा हासिल गरेको यो दोस्रो ठुलो जित हो । यसअघि सन् २०१४ मा नेदरल्यान्ड्सले प्रस्तुत गरेको ४० रनको लक्ष्य श्रीलंकाले ९० बल बाँकी छँदै पछ्याएको थियो ।
  • २ – टी–२० अन्तर्राष्ट्रिय खेलमा आईसीसीको कुनै पनि पूर्णकालीन सदस्य राष्ट्रले पावरप्लेभित्र लक्ष्य पछ्याएको यो दोस्रो अवसर हो । यसअघि श्रीलंकाले सन् २०१४ को टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध यो उपलब्धि हासिल गरेको थियो ।

382653

  • ७२ – अस्ट्रेलियाविरुद्ध नामिबियाले बनाएको स्कोर टोलीले टी–२० अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा कम स्कोर हो । यसअघि सन् २०२१ को विश्वकपमा श्रीलंकाविरुद्ध र सन् २०१९ को टी–२० विश्वकप छनोटमा नेदरल्यान्ड्सविरुद्ध नामिबिया ९६ रनमा अलआउट भएको थियो ।
  • १ – ७२ रनमा अलाउट भएको नामिबियाको स्कोर कुनै पनि टोलीले अस्ट्रेलियाविरुद्ध पुरुष टी–२० अन्तर्राष्ट्रिय खेलमा बनाएको सबैभन्दा न्यून स्कोर हो । यसअघि सन् २०२१ को टी–२० विश्वकपमा बंगलादेश अस्ट्रेलियाविरुद्ध ७३ रनमा अलआउट भएको थियो ।
  • १०० – टी–२० अन्तर्राष्ट्रियमा एडम जाम्पाले लिएको विकेटको सङ्ख्या । अस्ट्रेलियाका लागि यो कोशेढुंगा पार गर्ने उनी पहिलो खेलाडी हुन् । टी–२० अन्तर्राष्ट्रियमा यो उपलब्धि हासिल गर्ने उनी १५ औँ बलर हुन् । उनी टी–२० विश्वकपमा अस्ट्रेलियाका लागि सबैभन्दा धेरै विकेट लिने खेलाडी पनि बनेका छन् । उनको विकेट सङ्ख्या ३१ पुगेको छ । उनले मिचेल स्टार्कको २९ विकेटको रेकर्डलाई उछिनेका हुन् ।

zampa

  • ५ – टी–२० विश्वकपमा जाम्पाले पाएको प्लेअर अफ द म्याचको अवार्डको सङ्ख्या । उनी यो मामिलामा विरोट कोहलीपछि दोस्रो स्थानमा रहेका छन् । कोहलीले सर्वाधिक ७ पटक यस्तो अवार्ड हात पारेका छन् । जाम्पाबाहेक क्रिस गेल, महेला जयावर्दने र सेन वाट्सनले पनि ५–५ पटक यो अवार्ड पाएका छन् ।
  • १७ – जेरहार्ड इरास्मसलाई अस्ट्रेलियाविरुद्ध पहिलो रन बनाउन लागेको बलको सङ्ख्या । टी–२० अन्तर्राष्ट्रिय खेलमा कुनै पनि ब्याटरलाई पहिलो रन बनाउन लागेको सबैभन्दा धेरै बल हो ।

gerhard erasmus

  • २५/५ – नामिबियाले पहिलो १० ओभरमा बनाएको रनको सङ्ख्या ।  पुरुष टी–२० विश्वकपमा पहिलो १० ओभरमा कुनै पनि टोलीले बनाएको दोस्रो न्यून स्कोर हो । यसअघि सन् २०१२ मा अफगानिस्तानले इंग्ल्यान्डविरुद्ध ८ विकेटको क्षतिमा २६ रन बनाएको थियो ।
  • ८ – तेस्रो र नवौँ ओभरको बिचमा नामिबियाले बनाएको कूल रनको सङ्ख्या । कुनै पनि टोलीले यी ओभरको बिचमा बनाएको सबैभन्दा कम रन हो । यसबिचमा नामिबियाका ब्याटरले सात ओभरमा ३५ डट बलको सामना गर्दै ७ वटा सिंगल लिए भने एक रन लेग बाईको रूपमा आएको थियो ।

ईएसपीएन क्रिकइन्फो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप