पर्साबाट ४४ लाख बराबरको अवैध सामान बरामद
बुधबार, ३० जेठ २०८१, १२ : ३४

काठमाडौँ । सशस्त्र प्रहरी बलले पर्सामा लुकाएर राखेको अवस्थामा भन्सार छलीको सामान बरामद गरेको छ ।
वीरगन्ज महानगरपालिबाट ४४ लाख भन्दा बढी मूल्य पर्ने सामान बरामद गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
सशस्त्रले वीरगन्ज महानगरपालिका–१९ बर्वा लगायतका ठाउँमा गए राति छापा मारेको हो । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज बाट खटिएका डीएसपी सुरज रिजाल नेतृत्वको टिमले भन्सार छलेर ल्याएको सौन्दर्य सामग्री, मुङ दाल, मोटर पार्टस् तथा अन्य अवैध सामान बरामद गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता