मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
नेतृत्वको बहस

माधव र झलनाथबिचको विवाद के हो ? जबज किन आवश्यक छ ?

बुधबार, ३० जेठ २०८१, १२ : ०४
बुधबार, ३० जेठ २०८१

समाजवादमा जाने विषयमा नेकपा एकीकृत समाजवादीभित्र कसैको दुई मत छैन । अहिले नेपाली समाजको विकास जुन चरणमा आइपुगेको छ, अब समाजवाद निर्माणका लागि समाजवादी कार्यक्रम अबलम्बन गर्ने हो । द्विविधा र बहस जनताको बहुदलीय जनवाद अवधारणालाई कसरी लिने भन्ने विषयमा हो । सोही बमोजिम राजनीतिक दस्तावेजमाथि छलफल भइरहेको छ । अहिले पार्टीले जुन दस्तावेज प्रस्ताव गरेको छ, त्यो सर्वसम्मत रूपमा आएको हो । वैचारिक र सैद्धान्तिक रुपमा पनि खासै बहस भएको छैन । खाली जबजको फेज सकियो भन्ने एक पक्षको मान्यता छ । समाजवादमा पनि जबज उत्तिकै आवश्यक छ भन्ने अर्कोथरी मत छ ।

पुुँजीवादी क्रान्ति सकिएपछि जबज फेजआउट भयो भन्ने एउटा मान्यता र जबजको कार्यक्रम पूरा भए पनि मदन भण्डारीका विचारहरू समाजवादी क्रान्तिका लागि पनि निर्देशक बनेको छ भन्ने अर्को विचारमा बहस जारी छ । समाजवाद ल्याउनका लागि पुँजीवादको विकास नभइ हुँदैन । पुँजीवादी क्रान्तिपछि तीन वटा चरणमा जान्छ । एउटा, पुँजीवादी क्रान्ति सम्पन्न भएर अहिले जुन अवस्था छ, यसलाई सुदृढ गर्ने । दोस्रो, सामन्तवादको अवशेषलाई उन्मुलन गर्ने । तेस्रो, समाजवादको आधार निर्माण गर्ने हो ।

समाजवादको आधार निर्माण गर्ने भनेको राष्ट्रिय स्वाधीन अर्थतन्त्र अबलम्बन गरेर अगाडि जाने हो । मदनले यी कुरा स्पष्ट रूपमा राखेकै छन् । यसलाई निरन्तर गर्ने जबजको मान्यता अझै उत्तिकै आवश्यक छ । एमालेले जबजलाई कार्यक्रमकै रूपमा लिइराखेको छ । उनीहरूले २०६२÷६३ को जनतान्त्रिक पुँजीवादी क्रान्ति सम्पन्न भएको राजनीतिक रूपमा मानेका छैनन् । एमालेको त्यो नीति गलत छ ।

पार्टीभित्र जबज मानेर जान सकिँदैन भनेर जेएन (झलनाथ खनाल)ले उठाएको विषय भयो । तर यसमा एमाले र हाम्रो बुझाइ फरक छ । अहिलेको २१ औँ शताब्दीमा जबजको अवधारणाले मार्क्सवादको विकास गरेको छ । उदाहरणका लागि समाजवाद निर्माणमा समाजवादी व्यवस्थामा अबलम्बन गर्ने राजनीतिक प्रणालीलाई बहुदलीय प्रतिस्पर्धाको राख्ने कि नराख्ने ? सोभियत सङ्घमा राखेन, चीनमा बहुदलीय सहयोगको कुरा भयो, प्रतिस्पर्धा भएन । मदनको विचार ग्रहण गर्ने हाम्रो भनाइ समाजवादी व्यवस्थामा पनि बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली हुनुपर्छ । किन हुनुपर्छ भन्नेमा मार्क्सवादी दर्शनको तीन वटा मुख्य नियम छन् ।

पार्टीभित्र जबज मानेर जान सकिँदैन भनेर जेएन (झलनाथ खनाल)ले उठाएको विषय भयो । तर यसमा एमाले र हाम्रो बुझाइ फरक छ । अहिलेको २१ औँ शताब्दीमा जबजको अवधारणाले मार्क्सवादको विकास गरेको छ ।

विपरीत तत्वको बिचमा एकता र सङ्घर्षको निमय एउटा छ । दोस्रो, मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनको नियम छ । अर्को निषेधको निषेध नियम छ । यो तीन वटा नियमले नै सिङ्गो विश्व ब्रह्माण्ड सबै परिचालित छ भन्ने मार्क्सवादको निष्कर्ष हो । त्यसकारण यो तीन वटा निमयम जहाँसुकै लागु हुन्छ, त्यसलाई नै हामीले ग्रहण गरेका छौँ । 

keshab

यो मदनले प्रतिपादन गरेको जबजले ग्रहण गरेको कुरा हो । अब बहुदलीय प्रतिस्पर्धाको राजनीति प्रणाली अबलम्बन नगर्ने हो भने फेरि पनि सोभियत सङ्घको परिणति आउँछ । किनभने विपरीत तत्वको एकता र सङ्घर्ष भएन भने त्यो समाप्त हुन्छ ।

समाजवादमा पुँजीवाद निषेध गर्ने भनेर सोभियत सङ्घ जाँदा समाप्त भयो । चीन, लाओस, भियतनाम र क्युवामा समाजवादी अर्थतन्त्र अबलम्बन गर्दा पुँजीवादी अर्थतन्त्रलाई निषेध गरियो । पछिल्लो बजारमुखी पुँजीवादी अर्थतन्त्रसित प्रतिस्पर्धा गरेर समाजवाद निर्माण गर्ने बाटोमा गएको हुनाले विश्व अर्थतन्त्रलाई चीनले लिडिङ गर्ने अवस्थामा पुगेको छ । आज भियतनाम, लाओस र क्युवा पनि अर्थतन्त्रको सवालमा पुँजीवादसँग प्रतिद्वन्द्वी भए । पुँजीवाद र समाजवादबिच विपरीत भयो । विपरीत तत्वको एकता र सङ्घर्षलाई उनीहरूले स्वीकार गरे तर राजनीतिमा स्वीकार गरेका छैनन् ।

हामीले राजनीतिमा पनि स्वीकार गर्नुपर्छ किनभने मानव समाजको विकासमा पनि मार्क्सका तीन वटा नियम लागु भएको छ । कसरी भन्दा आदिम साम्यवादी समाजमा प्रकृति र मानव दुई विपरीत तत्वबिच सङ्घर्ष गरेर विकास भयो । भू–दास प्रथामा भूमालिक र दासबिच विपरीत तत्वबिच सङ्घर्षले उत्पादन प्रणाली अगाडि आयो । त्यसपछि सामन्तवादी समाज निर्माण भयो । दास प्रथा समाजबाट सामन्तवादी समाज निर्माण हुँदा सामन्त र भू–दासबिच अन्तर्द्वन्द्व भयो । त्यसले सामन्तवाद अगाडि आयो । अब पुँजीवादमा पुँजीवादी र श्रमजीवी उद्योगी मजदुरबिच अन्तर्द्वन्द्व मुख्य भयो । यसबिचको एकत्व र सङ्घर्षले नै पुँजीवादको विकास भयो । त्यसकारण समाजवादमा पनि राष्ट्रिय पुँजीवाद र समाजवादबिचमा अन्तर्द्वन्द्व मुख्य प्रतिद्वन्द्वी हुन्छ । त्यसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा हाम्रो निष्कर्ष हो । यो निष्कर्ष चीन, लाओस, भियतनाम र क्युवामा पनि व्यवहारमा देखा प¥यो तर राजनीतिक प्रणालीमा छैन ।

सिङ्गो एकीकृत समाजवादीमा विचारमा एकरूपता भनेको नेपाली समाजलाई अब समाजवादमा बदल्नुपर्छ । समाजवाद निर्माण नगरिकन राष्ट्रको विकास र समृद्धि, आम जनताको समृद्धि, मजदुर विकासको विकास र समृद्धि सम्भव छैन भन्ने निष्कर्ष हो । यसमा एकरूपता छ ।

मार्क्सवादी दर्शनको सवालमा मतभेद देखा परे पनि समाजवादमा जाने विषयमा हामीबिच एकता हुन्छ । विचारमा मतभेद छैन, एकरूपता छ । सिङ्गो एकीकृत समाजवादीमा विचारमा एकरूपता भनेको नेपाली समाजलाई अब समाजवादमा बदल्नुपर्छ । समाजवाद निर्माण नगरिकन राष्ट्रको विकास र समृद्धि, आम जनताको समृद्धि, मजदुर विकासको विकास र समृद्धि सम्भव छैन भन्ने निष्कर्ष हो । यसमा एकरूपता छ ।

अब आयो नेतृत्वको विषय । अहिले नै नेतृत्वमा माधव र जेएनबिच टकराव भन्न सकिने अवस्था छैन । केही वैचारिक र सैद्धान्तिक विषयमा मतभेद देखिएको छ । नेतृत्व कसले भन्ने विषय सकेसम्म सर्वसम्मत रूपमा टुङ्गिन्छ । सहमति नभए महाधिवेशन हलबाट टुङ्गो लाग्छ । महाधिवेशनबाट एउटा नीति, विचार र कार्यक्रम टुङ्गो लाग्छ । साथसाथै नेतृत्व पनि टुङ्गो लगाउँछ । प्रतिस्पर्धा हुन सक्छ । तर अहिले जुन दस्तावेज आयो, त्यो सर्वसम्मत रुपमा आएको छ । केही केही मतभेदका विषय राखिएका छन् । त्यसमा मैले पनि आफ्ना कुरा राखेको छु ।

मेरो विचारमा पहिला उत्पादन प्रणालीलाई आमूल परिवर्तन गरी राष्ट्र, आम जनताबिच विशेष गरी श्रमजीवी जनताको समृद्धि, समाजवादमुखी उत्पादन प्रणाली लागु गर्नुपर्छ । दोस्रो, अहिले करोडौँ खर्च नगरी जित्न नसक्ने जुन निर्वाचन प्रणाली छ, त्यसमा सर्वहारा, श्रमजीवी जनताको प्रतिनिधित्वलाई सुनिश्चित गर्न सकिँदैन । त्यसकारण अहिलेको निर्वाचन प्रणालीलाई आमूल परिवर्तन गरेर श्रमजीवी मजुदर किसानको प्रतिनिधित्व हुनेगरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्नुपर्छ । तेस्रो, शासन प्रणाली सुधार आवश्यक छ । ०४६ सालको राजनीतिक परिवर्तन भएपछि ३५ वर्षमा राजनीतिक प्रणाली स्थायित्व भएन । राजनीतिक प्रणाली अस्थिर भएका कारण देशको विकास र समृद्धि भएन । जनताको समृद्धि भएन । व्यवस्थामा परिवर्तन भयो तर जनताको अवस्थामा परिवर्तन भएन भन्ने आम टिप्पणी भए ।

अहिले नै नेतृत्वमा माधव र जेएनबिच टकराव भन्न सकिने अवस्था छैन । केही वैचारिक र सैद्धान्तिक विषयमा मतभेद देखिएको छ । नेतृत्व कसले भन्ने विषय सकेसम्म सर्वसम्मत रूपमा टुङ्गिन्छ । सहमति नभए महाधिवेशन हलबाट टुङ्गो लाग्छ ।

शासकीय प्रणालीमा पनि परिवर्तन हुनुपर्छ । अबको शासन प्रणाली समाजवाद र साम्यवादको पक्षमा विशेषगरी श्रमजीवी जनता र मजदुरको पक्षमा हुने गरेर न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा समाजवादी संरचना हुनुपर्छ । शासकीय स्वरुपमा प्रत्यक्ष राष्ट्रपति निर्वाचन गर्ने प्रणालीमा जानुपर्छ । ५१ प्रतिशत भोट ल्याउने व्यक्ति राष्ट्रपति निर्वाचित हुने व्यवस्था भएमात्र पाँच वर्ष स्थायी सरकार चल्छ ।

यस्तै कम्युनिस्ट पार्टीले नीति तथा कार्यक्रम जनताको बिचमा लानुपर्छ । त्यसरी जाँदा जनहित काम गरे फेरि पनि कम्युनिस्ट पार्टीलाई जनताले साथ दिन्छन् । कम्युनिस्ट पार्टीको नाममा शासन चलाउने तर काम केही नगर्नेलाई जनताले लत्याइदिन्छ । सधैँभरि जनतालाई सर्वेसर्वा ठानेर उनीहरूको म्याण्डेट अनुसार कम्युनिस्ट पार्टी चल्नुपर्छ भन्ने निष्कर्ष जबजको हो ।

अहिले नेपालका जुन सङ्घीयता छ, यसले राष्ट्रको निकास निस्कदैन । जनताको विकास हुँदैन । समाजवादमा पुग्न सक्दैन । संसारभरि तीन मोडेलमा सङ्घीयता चलिरहेको छ । एउटा साम्राज्यवादी आक्रमणमा परेर आफूलाई जोगाउनका लागि मिलेर सङ्घ बनाएर गएका छन्, जुन लिभिङ टुगेदरको अवधारणा हो । अर्को, छिमेकी साँधसँधियार मिल्ने, छिमेकी देश र राज्य मिलेर सङ्घीयतामा जाने अवधारणा छ । जसलाई हामी कमिङ टुगेदर मोडेल भन्छौँ । तेस्रो, केन्द्रीकृत तर विकेन्द्रकरणको सिद्धान्त अबलम्बन गरेको मोडेल हो । यसलाई सेन्टर पेट्रोल अवधारणा भनिन्छ । हाम्रो जस्तो एक राष्ट्र भएको देशमा सेन्टर पेट्रोल अवधारणा उपयुक्त हुन्छ । योभन्दा अन्य हुँदैन । अन्य मोडेलले देश समाप्त हुन्छ ।

(नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष श्रेष्ठसँग कुराकानीमा आधारित) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केशवलाल श्रेष्ठ
केशवलाल श्रेष्ठ
लेखकबाट थप