पुलमा फसेर मरेका खच्चडका मालिकलाई क्षतिपूर्ति दिइयोस् : सांसद राना
बुधबार, ३० जेठ २०८१, १२ : ०८

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुडिँदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्ति दिन माग गरेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद रानाले क्षतिपूर्तिको माग गरेकी हुन् ।
पुलको लट्ठा चुडिँदाको दृश्यले सबैको मन रोएको भन्दै उनले खच्चडको मालिकलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था तुरुन्तै गर्न आग्रह गरिन् ।
जेठ २७ गते पुलको लट्ठा चुडिँदा फसेका १३ वटा खच्चडमध्ये ११ वटाको जीवितै उद्धार भएको थियो भने दुइटाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
-
परराष्ट्रमन्त्री राणाले भेटिन् ट्रम्पका सुरक्षा निर्देशक
-
परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता, आपसी हितका विषयमा छलफल
-
उदयपुरमा भीषण आगलागी, करोडौँको क्षति
-
पर्सा मालपोतका प्रमुखसहित ६ जनालाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
-
मःम बनाउने कारखानामा कुकुरको टाउको भेटिएपछि...