एकीकृत समाजवादी प्रवेशबारे के भन्छन् भीम रावल ?

काठमाडौँ । नेकपा (एमाले)का असन्तुष्ट नेता एवं पूर्वउपाध्यक्ष डा. भीम रावलले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने सोच नभएको बताएका छन् । एकीकृत समाजवादी प्रवेश गर्ने हल्ला गलत प्रचारका लागि भइरहेको भन्दै उनले एमाले छोड्ने वा अन्य पार्टी प्रवेश गर्ने कुनै सोच नभएको बताएका हुन् ।
वैशाखको दोस्रो साता ललितपुरको गोदाबारीमा बसेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा प्रवेश पास नबनाएकोमा उनले आक्रोश पोखेका थिए । आफूमाथि निषेधको राजनीति भएको आरोप लगाउँदै विकल्प खोज्नुपर्ने स्थितिमा पुगेको बताएका थिए । कामको सिलसिलामा गृह जिल्ला अछाम पुगेका उनले एकीकृत समाजवादी प्रवेश गर्ने हल्ला निराधार भएको बताए ।
‘एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी भएको भए उत्पाद भाइरल हुन्थ्यो होला । केही घोषणा वा वक्तव्य आउँथ्यो होला । म अहिले अछाममा छु । एमालेको कार्यकर्ता भेला र कार्यक्रममा सहभागी भइरहेको छु । पार्टी प्रवेश बेकारको हल्ला हो । त्यस्तो अहिले त्यस्तो कुनै सोच छैन’, रातोपाटीसँग उनले भने ।
२०७८ मङ्सिरमा चितवनको सौराहमा भएको १० औं महाधिवेशनमा अध्यक्षका लागि केपी ओलीसँग प्रतिस्पर्धा गरेका रावलले त्यसयता पार्टीको केन्द्रीय पदको जिम्मेवारी लिएका छैनन् । अध्यक्षमा उम्मेदवारी दिएकै कारण आफूमाथि ओलीले निषेधको राजनीति गरेको उनको गुनासो गर्दैआएका छन् । यता एमालेबाट अलग भएको साढे दुई वर्षमा एकीकृत समाजवादीले १० औं महाधिवेशनको तयारी गरेको छ । महाधिवेशनअघि नै रावलाई महत्त्वपूर्ण जिम्मेवारी दिने गरी पार्टीमा ल्याउन शीर्ष नेताहरूले पहल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र युरोपबिच व्यापार सम्झौताको सम्भावना, इटालीका प्रधानमन्त्रीले भेटिन् ट्रम्पलाई
-
कर्मचारीलाई बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने चेतावनी
-
२५ जना सदस्यसहित नेपाल आइपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने
-
राज्य व्यवस्था समितिमा पुगे निजामती ट्रेड युनियनका प्रतिनिधि, ११ बुँदे ज्ञापनपत्र हस्तान्तरण
-
सरकारी वेबसाइटहरु डाउन, किन भयो यस्तो ?
-
काभ्रेको रोशीमा आगलागीमा परेका दुई बालबालिकाको उद्धार