मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

विश्वकप क्रिकेटमा क्यानले अनियमितता गरेको भन्दै छानबिन आयोग गठन गर्न माग

बुधबार, ३० जेठ २०८१, ११ : ४७
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । नेकपा एमालेका सांसद भीम आचार्यले टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका सवालमा क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न माग गरेका छन् । 

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले नेता आचार्यले नेपाली खेलाडीको टोलीमा सन्दीप लामिछानेलाई १५ जनाको टिममा सहभागी नगराएर भिसा पाउनबाट वञ्चित गराएको तथा सपोर्टिङ १० जनाको टोलीमा डाक्टर पठाउनुपर्नेमा एक जना महिलालाई राख्दा आइसीसीले अस्वीकार गरेको बताए । 

त्यस्तै उनले खेलाडीलाई होटलमा खेलाडीलाई उभ्याएको, जर्सी अमेरिका लगेर महँगोमा बेचेको गुनासो आएको तथा अमेरिकामा बस्ने नेपालीहरूले अवैध रूपमा चन्दा उठाएर क्यानको खातामा नराखेको लगायतका अनियमितताका गुनासाहरू व्यापक आएको बताए । 

उनले ८० डलर पर्ने टिकट १३५ रुपैयाँमा क्यान नेतृत्वले बेचेको भन्दै क्यान नेतृत्वले आर्थिक अपचलन गरेको, नेपाललाई जिताउन नभई हराउन भूमिका खेलेको र खेलाडीको शिर निहुराउने काम गरेको भनेर खेलाडीबाटै गुनासो आएको पनि बताए । 

 ‘केही दिनअघि प्रधानमन्त्री कार्यालयको लेटरप्याड दुरुपयोग गरेर विश्वकप हेर्न अमेरिका पठाइदिने भन्दै मानव तस्करीको कोसिस गरिएको कुरा प्रधानमन्त्रीको कार्यालयले रोकेको थियो’, आचार्यले भने, ‘त्यो आरोप पनि क्यानको नेतृत्वको मिलेमतोमा भएको भन्ने गुनासो आइरहेको छ ।’

उनले विश्वकपमा नेपाललाई हराउन भइरहेको षडयन्त्रलगायतका गलत क्रियाकलापको छानबिन गर्न निष्पक्ष छानबिन आयोग गठन गरेर छानबिन गरेर कारबाही गर्नुपर्ने भन्दै संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप