मकवानपुरमा पालिका केन्द्रबाटै राष्ट्रिय परिचयपत्र

हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तहमा राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन गर्ने भएको छ । जिल्लाका ९ वटै स्थानीय तहबाट शिविर सञ्चालन गर्ने तयारी थालेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए ।
मङ्गलवार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले २ टोली बनाएर जिल्लाका ९ स्थानीय तहको केन्द्रमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने व्यवस्था गरेको हो । उनका अनुसार जेठ ३० गते (आज) बाट स्थानीय तहहरूमा राष्ट्रिय परिचयपत्र वितरणका लागि शिविर सञ्चालन गरिने छ । आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै ज्येष्ठ नागरिकहरूको सहजताका लागि शिविर सञ्चालन गर्न लागेको उनले बताए ।
ज्येष्ठ नागरिकहरू जिल्ला सदरमुकामसम्म आउन, जान समस्या हुने देखिएकोले स्थानीय तहको केन्द्रमा नै शिविर नै सञ्चालनको व्यवस्था मिलाइएको उनको भनाई छ । मकवानपुरको हेटौँडा बाहेकको स्थानीय तहमा शिविर सञ्चालन गरिने उनले बताए । हेटौँडा उपमहानगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालयबाटै सेवा प्रवाह गरिने उनले बताए ।
प्रशासन कार्यालयका अनुसार एउटा शिविर टोली राक्सिराङ गाउँपालिकामा जेठ ३० गते (आज) देखि असार १ गतेसम्म शिविर सञ्चालन गर्नेछ । असार ३ गतेदेखि ६ गतेसम्म कैलाश गाउँपालिकामा, असार ८ गतेदेखि १३ गतेसम्म थाहा नगरपालिकामा र असार १५ गतेदेखि १८ गतेसम्म इन्द्रसरोवर गाउँपालिकामा शिविर सञ्चालन हुनेछ ।
अर्को टोलीले बागमती गाउँपालिकामा जेठ ३१ गतेदेखि असार २ गतेसम्म, बकैया गाउँपालिकामा असार ४ गतेदेखि ७ गतेसम्म, मकवानपुरगढी गाउँपालिकामा असार ९ गतेदेखि १२ गतेसम्म, भीमफेदी गाउँपालिकामा असार १४ गतेदेखि १७ गतेसम्म र मनहरी गाउँपालिकामा असार १९ गतेदेखि २२ गतेसम्म राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन गर्नेछ । शिविरमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले मात्रै सेवा प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म